बलत्कारको अभियोग लागेका मिथुनका छोराले गरिछाडे विवाह

  • 351
  •  
  •  
  •  
  •  
    351
    Shares

एजेन्सी,२६ असार । विवाहको केहि दिन अगाडी बलत्कारको अभियोग लागेका अभिनेता मिथुन चक्रवर्तीका छोरा महाअक्षयले आफ्नी प्रेमीका मदलसासंग विवाह गरेका छन् ।

यी दुईको बिहे ७ जुलाइमा हुने तय भएको थियो । तर समारोहस्थलमै प्रहरीको टिम जाँचको लागि पुगेपछि बिहे रोकिएको थियो । यी दुईको बिहे कहिले र कहाँ भयो भन्ने जानकारी आइसकेको छैन । यद्यपि फोटोहरु निकै भाइरल भइरहेका छन् । यी दुईले ७ जुलाइमै कोर्ट म्यारिज गरेको र आज परम्परागत बिहे गरेको एक सञ्चार माध्यमले जनाएको छ ।

यो विवाहमा समस्या त्यतिबेला सुरु भएको थियो जब एक भोजपुरी हिरोइनले महाअक्षय र उनकी आमा योगितामाथि बलात्कार र जबरजस्ती गर्भपतन गरेको आरोप लगाएकी थिइन् । दिल्लीको रोहिणी कोर्टले महाअक्षय र योगिताविरुद्ध मुद्दा दर्ता गर्न भनेको थियो ।

त्यसपछि यी दुईले बाम्बे हाइकोर्टमा अग्रिम जमानतको निवेदन दिएका थिए जुन निवेदन अदालतले खारेज गरिदिएको थियो । बिहेअघि महाअक्षयमाथि आरोप लागेपछि उनकी हुनेवाली पत्नी मदलसा र हुनेवाली सासूले महाअक्षयको समर्थन गरेका थिए । उनीहरुले भनेका थिए ‘हरेक व्यक्तिको एउटा विगत हुन्छ । हामीलाई यसबारे थाहा छ । यो बिहे पक्का हुन्छ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

85 + = 93