यस्ता छन् अनार खानुका फाइदा र बेफाइदा

  • 244
  •  
  •  
  •  
  •  
    244
    Shares

काठमाडौँ ।  अनार यस्तो फल हो यसमा हाम्रो शरिरको लागि अत्यावश्यक विभिन्न पोषणयुक्त तत्वहरुले भरिपूर्ण हुन्छ । अनारको सेवनले शरिरको हरेक अंगलाई क्रियाशिल बनाउँछ । अनारको फलमा एलिजिक एसिड, एन्टी अक्सिडेन्ट, ओमेगा, क्याल्सियम, फस्फोरस, पोटासिम फोलिक एसिड, पोटासियम भिटामिन लगायतका विभिन्न तत्वहरु रहेको हुन्छ । हामीले एउटा अनारलाई बाँडेर खानु भन्दा पनि एकै जनाले एक दाना अनार खानु उपयुक्त मानिन्छ । किनकी अनारको एक दाना भित्र रहेका स–साना फल सबैमा सम्पुर्ण पोषक तत्वहरु नहुन पनि सक्छ । अनारको रस एकदम ताजा मात्र खानुहोला ।

अनार खानुको फाइदाहरु

१. रगतको मात्रा बढाउँछ
अनारको सेवन गर्नाले शरिरमा रगतको मात्रा बढाउँछ । अनारको विँया शरिरको लागि अति लाभदायक हुन्छ । यसको सेवनले एनिमियाको विरामीलाई अति लाभ गर्छ ।

२. रगतमा चिनीको मात्रा नियन्त्रण गर्छ
अनारको जुसमा फ्रुक्टोज हुन्छ जसले रगतमा चिनीको मात्रा बढाउन रोक्छ । अद्यपि मधुमेहको विरामीले अनारको जुस भने कम पिउनुहोला । तर अनार भने खान सक्नुहुन्छ ।

३. रक्तचाप नियन्त्रणमा राख्छ
अनारको रसले रक्तचाप नियन्त्रणमा राख्छ । यसले प्राकृतिक एस्प्रिनको काम गर्छ । अनारले रगत पातलो बनाउने काम गर्छ र रगत जम्न दिँदैन ।

४. पाचन प्रणालीमा सुधार गर्छ
अनारको सेवनले पाचन प्रणालीलाई नियमित गराउँछ । यसको सेवनले भोक तथा प्यास कम लगाउँछ । यो गर्मी समयमा सेवन गर्नु अति उत्तम हुन्छ । यसले पिशाव सम्वन्धी समस्या पनि समाधान गर्छ । अनारमा अधिक मात्रामा फाइवर हुन्छ । त्यसैगरी यसमा पाईने सेचुरेटेड एसिडले कोलेस्ट्रोल हुन दिँदैन ।

५. क्यान्सरको खतराबाट बचाउँछ
अनारको सेवनले शरिरको विषाक्त पदार्थ शरिर बाहिर निकाल्छ । यसमा प्रचुर मात्रामा एन्टिअक्सिडेन्ट हुन्छ जसले शरिरको टोक्सिस बाहिर निकाल्छ । सेतो रक्त शेल मजबुत बनाउँछ । इम्युन सिस्टम मजबुत बनाउँछ र विभिन्न रोग तथा क्यान्सर लाग्नबाट समेत बचाउँछ । स्तन क्यान्सर भएका विरामीले यसको सेवन गर्नु अति फलदायी हुन्छ ।

६. गर्भवती महिलाको लागि लाभदायी
अनार गर्भवती महिलाको लागि अति फलदायी हुन्छ । अनारमा पाइने भिटामिन, मिनरल्स तथा फोलिक एसिड भ्रुुणको लागि राम्रो खाना हो । यसले भ्रुणको सुरक्षा पनि गर्छ । अनारमा पाइने पोटासियमले महिलाको प्रसव बेदनालाई पनि कम गर्छ । नियमित अनारको जुस सेवन गरेमा समय अगावै बच्चा जन्मने समस्या आउँदैन, साथै बच्चाको तौल समेत सामान्य राख्छ ।

७. त्वचा सुन्दर बनाउँछ
अनारको रस त्वचाको लागि अति राम्रो हुन्छ । यसको सेवनले अनुहार चाउरिने समस्याबाट मुक्ति मिल्छ । अनुहारको दाग धब्बा, आँखाको कालो घेरा समेत अनारको सेवनले हटाउँछ । डन्डीफोरमा पनि राहत दिलाउँछ ।

८. हृदयरोगबाट बचाउँछ
अनारको सेवनले हृदय रोग हुनबाट बचाउँछ । यसले धमनी सुचारु राख्न मद्धत गर्छ । रक्त प्रवाह नियमित गराउँछ । रगत जम्ने समस्या हटाउँछ । कोलेस्ट्रोलका मात्रा समेत घटाउँछ । जसको कारण अनार हृदय रोगको लागि अनि फाइदाजनक छ ।

९. रोग्रप्रतिरोधात्मक क्षमता बढाउँछ
अनारको नियमित सेवनले शरिरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । यसले अनारको सेवनले शरिको इम्युन सिस्टम मजबुत बनाउँछ । अनारको रसले दिमागको विरामीलाई पनि फाइदा गर्छ । किड्नी पत्थरीको समस्या हुनबाट बचाउँछ ।

१०. हड्डीको रोगीलाई फाईदाजनक
अनारको सेवनले हड्डी सम्वन्धी विभिन्न रोगीहरुलाई निकै फाईदा गर्छ । यसको नियमित सेवनले पुरुषको पिसावको साथ विर्य खस्ने समस्या समेत हटाउँछ ।

अनारका बेफाइदाहरु
अनारको सेवनले केही बेफाइृदा पनि गर्छ । अनार खाँदा हुने बेफाईदाहरु यस्ता छन्

१. एलर्जी बढाउन सक्छ
कोही कसैमा एलर्जीको समस्या छ भने अनारको सेवनले झन एलर्जी बढ्न सक्ने हुन सक्छ ।

२. कव्जीयतको विरामीले खान नहुने
अनारको रस इन्फ्लुएन्जा, कव्जीयत लगायतका बिरामीलाई दिन हुँदैन ।

३. औषधीसंग लिँदा समस्या
अनारले ब्लड प्रेसर नियन्त्रण गराउँछ तर अनारको साथमा ब्लडप्रेसरको औषधी पनि लिईरहेको छ भने औषधी र अनार दुवैको असर देखिन छाड्छ ।

४. मानसिक विरामीलाई बेफाईदा
एड्स र मानसिक रोगीले अनारको सेवन गर्दा समस्या झन बढ्न सक्छ त्यसैले त्यस्ता रोगीले अनारको सेवन नगर्दा नै राम्रो हुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

80 − 76 =