अदृश्य आम्दानीको स्रोत थाहा पाएपछि असुरक्षित ठान्दै कैलाश सिरोहियाले हटाइदिए कान्तिपुरका दुई सम्पादक

  • 578
  •  
  •  
  •  
  •  
    578
    Shares

काठमाडौँ ।  कैलाश सिरोहियाले अनौपचारिक तवरले सार्वजनिक गरेको जानकारीअनुसार माओवादी रिझाउन प्रचण्डको सिफारिसमा नियुक्त गरिएका पछि भारतीय इन्टेलिजेन्स विंग्सका उच्च अधिकारीको आग्रहमा दश बर्ष निरन्तरता पाएका कान्तिपुर दैनिकका सम्पादक सुधिर शर्मा र नबिक्ने र नकमाउने, तर बन्द गर्न नमिलेको अंग्रेजी पत्रिका काठमाडौँ पोस्टका सम्पादक अखिलेश उपाध्याय संविधान जारी हुने समयताका दिनहुँ जस्तो भारतीय अधिकारीहरूसँग निर्देशन मागिरहन्थे र एभरेस्ट होटेल र सोल्टी होटेलमा हुने त्यस्ता भेटहरूसँगै दिल्ली र सिंगापुरमा हुने प्रायोजित भ्रमणमा यी दुई सम्पादक झुल्किरहन्थे ।

यो सुधिर शर्माले भारतीय प्रायोजनमा प्रकाशित गरेको प्रयोगशाला पढे ज्ञान हुन्छ, धेरै कुरा जानु मन लागे कान्तिपुरभित्रकै सम्पादकीय समूहको कथा सुन्ने हिम्मत राखे हुन्छ । करिब एक महिनाअघिसम्म सुधिर शर्मा परिवारको सदस्यमार्फत कैलाश सिरोहियाको साझेदार हुने सञ्चार ब्यवसाय अन्तिम चरणमा पुगेको थियो । यसै साता कान्तिपुर दैनिकका संस्थापक सम्पादकसँग भएको अन्तरंग कुराकानीमा किन हटाइन्छ सम्पादक कर्पोरेट मिडियामा भन्ने प्रश्नको उत्तर फेला परेको थियो । मालिकले पाउने अदृश्य धनको स्रोत नजिक पुगेको सम्पादक कहिले लोभिन्छ त कोही विद्रोह गर्छ । यसको अर्थ यी दुई भाइ त्यो स्रोत देखेर लोभिएका थिए, त्यसैले साझेदारी गर्दै थिए, तर मालिकले आफूलाई असुरक्षित ठानेकै कारण दुई भाइले बिदा पाए ।

कान्तिपुरको नाउँमा फाइल खोल्दिन्छु भनेर राज्य दोहन गरिएका अनगिन्ती प्रमण छन्, जसरी दीक्षित परिवारले हिमाल एसोसिएसनको नाउँमा नेपाल राष्ट्रको सूचना र पत्रकारको टाउको बेचेर वर्षौ दोहन ग¥यो, शिक्षा स्वास्थ्य र यातायात, गुठी जग्गा, भारत र राष्ट्रसंघीय नियोगमार्फत लुटेको धनमा कुनै बेला कान्तिपुर संरक्षक थियो र तत्कालीन पत्रकार माहसंघको नेतृत्व भाग शान्ति जय नेपाल । यसर्थ यसलाई प्रेस स्वतन्त्रता वा सम्पादकीय स्वतन्त्रतासँग जोड्नु निरर्थक छ ।

कैलाश निमित्त नायक हुन् लगानी क–कसको छ जगत जान्दछ । कान्तिपुर र हिमाल मिडियाको धन्दा के हो लुकाउनुपर्दैन । ऋषि धमलामार्फत पैसो बाँडेर नेपाली सञ्चारमाध्यम र पत्रकार नियन्त्रणमा रहेन, साप्ताहिक र घरपिच्छे खुलेका अनलाइनलाई पनि कति दिन दिनू ? यसपटक सिधै आयो हिन्दुस्तान आफ्नो लगानी भएको पत्रिका चलाउन । कैलाश, यी दुई सम्पादक, दीक्षित र थप एक दर्जन पत्रकारको तलब र आम्दानी अनि हाल भएको चलअचल सम्पतिको स्रोत खोजे नेपालका कर्पोरेट मिडिया धन्दा के हो सब छताछुल्ल हुन्छ ।
(पुरुषोत्तम ढकालको फेसबुकबाट । उनी नेपाल२४हावर्सडटकमका सम्पादक हुन्)

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 ÷ = 2