सबैभन्दा महँगो मैथिली चलचित्र ‘प्रेमक बसात’ को ट्रेलर तथा गीत सार्वजनिक

  • 46
  •  
  •  
  •  
  •  
    46
    Shares

काठमाडौं, २७ असार । मैथिली भाषाको सबैभन्दा महँगो चलचित्र ‘प्रेमक बसात’को ट्रेलर तथा गीत सार्वजनिक गरिएको छ । भारतको मुम्बईमा निर्माण भएको ‘प्रेमक बसात’ प्रेमकथामा आधारित चलचित्र हो ।

हिन्दु मुस्लिमले एक अर्कासँग बिहे गर्दा आइपर्ने सामाजिक समस्यामा आधारित चलचित्रमा नेपालका मोडल पियूष कर्णको मुख्य भूमिका रहेको छ । सह–कलाकारको रुपमा कोलकत्ताकी चर्चित नायिका रैना बेनर्जीले अभिनय गरेकी छन् । भारतका चर्चित गायक आदित्यनारायण र तोची रैनाले मैथिली चलचित्रको गीतमा पहिलोपटक आवाज भरेका छन् ।

वेदान्त झाले निर्माण गरेको चलचित्रको लेखन तथा निर्देशन रूपक सरारले गरेका हुन् । संगीत सरोज सुमन, प्रवेश मल्लिक र एस कुमारको रहेको छ । जेएनके इन्टरटेन्टमेन्टको ब्यानरमा एक करोड लगानीमा निर्मित चलचित्रलाई नेपालका विभिन्न सहरसहित भारत, दुबई, कतार अस्ट्रेलियालगायत स्थानमा एकैसाथ रिजिल गर्ने तयारी रहेको निर्माण युनिटले जानकारी दिएको छ ।

चलचित्रको आइटम गीत ‘ललमुनियाके ताडी’ मा नायिका नम्रता सापकोटाले पनि नृत्य गरेकी छन् । चलचित्रको सम्पूर्ण गीत संगीतलाई भारतकै सबैभन्दा ठूलो कम्पनी टी सिरिजले बजार व्यवस्थापन गरेको हो । आगामी अगस्ट १ तारिखमा काठमाडौंमा विशेष च्यारिटी शो गरिने भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 2 =