विश्वकपबाट कसरी छुट्यो रसियाको फुटबल ‘क्रेजी’ सहर क्रासान्डार ?

  • 78
  •  
  •  
  •  
  •  
    78
    Shares

काठमाडौं, २७ असार । गत शुक्रबार फ्रान्स र उरुग्वेको खेल एक ठूलो स्क्रिनमा क्रान्सान्डार सहरका फुटबल प्रमीहरुले हेरिरहेका थिए । यो सहर रसियाको सबैभन्दा धेरै फुटबल ‘क्रेज’ भएको सहर हो । तर त्यहाँका बासिन्दा भने विश्वकप अवधिमा खिन्न छन् । किनकी त्यो सहरमा विश्वकपका कुनै पनि खेल भएनन् । ‘यो विश्वकप खेलाउन लायक सहर हो । यसलाई एक फुटबलको सहर भन्दा पनि फरक पर्दैन,’ क्रान्सान्डारका डेलिएल शमतोकोभ भन्दै थिए, ‘अहिले यहाँको वातावरण शान्त छ । यहाँ विश्वकपका खेल हुने भए प्रसंसकहरुले शहर भरिन्थ्यो । हामी फुटबललाई माया गर्छौ, तर यो पटक हामी छुट्यौं ।’

२०१८ को विश्वकपका बाँकी खेल सेन्ट पिटर्सवर्ग र मस्कोमा हुनेछन् । विश्वकपका खेल रसियाका विभिन्न ११ शहरमा भए । तर त्यो फुटबल ‘क्रेजी’ सहरमा भने कुनै पनि खेल खेलाइएन । ‘सबैभन्दा फुटबल क्रेजी सहर विश्कप भन्दा बाहिर रह्यो,’ सहरका अर्बपछि सर्गेइ एन गेलिट्स्कीले ट्वीटरमा लेखेका छन्, ‘मलाई विश्वास नै लागिरहेको छैन ।’

क्रान्सान्डारमा एक भव्य स्टेडियम समेत छ । जुन स्टेडियम गेलिट्स्कीले निर्माण गरेका हुन्, उनी एक फुटबल व्यवसायि मसेत हुन् । उनले रिटेल मार्केबाट कमाए र फुटबल व्यवसायमा हात हाले । उनले त्यहाँको फुटबल संस्कृति समेत परिवर्तन गराइदिएका छन ।

यो सहर रसियाको दक्षिणी क्षेत्रमा पर्छ । यो सहर २०१२ अघि विश्वकप खेलाइने प्रस्तावित सूचीमा थियो तर, त्यही बर्षको अन्तिममा त्यो सहरको नाम काटिएको थियो । ३ लाख १४ हजार जनसंख्या भएको यो सानो सहर रसियामा फुटबल सहरकारुमा परिचित छ ।

विश्वकपका खेल यो सहरमा नखेलाइने भएपछि स्थानी निकै दुःखी भएका थिए । किनकी यो सहर रसियाको एकमात्रै सहर हो जहाँ मस्को बाहिर देशका दुई ठूला क्लब छन् । त्यो सहरमा गेलिट्स्की र म्यूनिसिपल कुआन नामका चर्चित क्लब छन् म्यूनिसिपल रसियाको सबैभन्दा पुरानो क्लब मध्ये एक हो ।

विश्वकपका खेल नभएपछि बढ्दो आलोचनाको प्रतिरक्षा गर्दै रुसी अधिकारले विश्वकप खेलाउने सहरको अन्तिम छनौट फिफाले गरेको बताएका थिए । खेलकुद मन्त्री भिट्ली मुट्कोले सोचीमा शितकालिन ओलम्पिकका लागि बनाइएको स्टेडियम स्टेडियमको तुलनामा क्रान्सान्डारको स्टेडियम सानो रहेकाले यस्तो निर्णय लिइएको बताएका थिए ।

तर यो क्रान्सान्डारको स्टेडियम भन्दा सना स्टेडियममा समेत विश्वकपका खेल खेलाइएको छ । क्रान्सान्डारमा साँधुरो सडक विश्वकपका खेलका लागि बाधक बनेको तर्क समेत हुने गरेका छन् । तर स्थानियले भने विश्वकपका इभेन्ट भएको भए राजमार्ग निर्माणको अवसर समेत आउने र त्यसले सहरको स्वरुप परिवर्तन गर्ने बताउँछन् ।

तर क्रान्सान्डारको स्टेडियम राज्यले बनाएका अन्य स्टेडियमको तुलनामा राम्रो रहेकाले राज्य र व्यक्तिले बनाएको स्टेडियमको तुलना संसारभर हुने खतराका कारण त्यहाँ विश्वकपका खेल नखेलाइएको चर्चा समेत हुने गरेको छ ।

अन्य स्टेडियम टाढाबाट भव्य देखिएपनि सस्तो र गुणस्तरहिन समाग्रीले निर्माण गरिएका छन्, तर क्रान्सान्डरको स्डेडियम ३१६ मिलियन भन्दा कम लागतमा बनाइपछि भव्य रहेको चर्चा हुने गरेको छ ।

यो कुरा २०१७ मा भएको कन्फडेरेशन कप हुँदा नै पुष्टि भएको बताइन्छ । त्यो बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फिफा अध्यक्ष गियानी इन्फेन्टिनो सोही स्डेडियमको भिआइपी बक्समा बसेर स्डेडियमको प्रसंशा गरेका थिए ।

यद्यपी यो स्टेडियम विश्वकपका लागि निर्माण गरिएको थिएन, तर कन्फडेरेशन कपका केही खेल भने यहाँ भएका थिए । स्पेनटको राष्ट्रिय टोलीले यो स्टेडियममा अभ्यास गरेको थियो । स्पेनिस खेलाडीले स्टेडियमको प्रसंशा गरेका थिए । स्पेनका खेल निर्देशकले भनेका थिए, ‘केहीलाई लाग्न सक्छ क्रान्सान्डर सानो सहर हो । तर यहाँ जो जान्छ, उसले त्यहाँ अद्भुत स्टेडियम देख्ने छ ।’ (एजेन्सीको सहयोगमा)

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

50 ÷ = 5