डा.गोविन्द केसीले भने, सरकारसँग वार्ता गर्दैनौं भनेका छैनौं, तत्काल वार्ता टोली पठाउँछौं (विज्ञप्तिसहित)

  • 22
  •  
  •  
  •  
  •  
    22
    Shares

काठमाडौँ, २७ असार । विगत १२ दिनदेखि जुम्लामा आमरण अनशनरत डा.गोविन्द केसीले सरकारसँग जुनसुकै बेला वार्ता गर्न तयार रहेको बताएका छन् । उनले सरकारी जिम्मेवार व्यक्तिबाट आफूहरू वार्ता गर्न तयार नरहेको भन्ने भनाइको बुधबार विज्ञप्तिमार्फत खण्डन गर्दै वार्ता टोलीसमेत गठन गर्ने बताएका छन् ।

‘हामी कुनै पनि बेला वार्ताका लागि तयार रहेको र सरकार तयार भएको अवस्थामा तत्काल वार्ता टोली पठाउने जानकारी पनि गराउन चाहन्छौं,’ केसीले विज्ञप्तिमा भनेका छन्, ‘यतिका दिनसम्म संवेदनहीन र गैरजिम्मेवारीपूर्ण रुपमा माग पूरा गर्न कुनै पहल नगरेको सरकारका तर्फबाट जिम्मेवार व्यक्तिहरुले हामी वार्तामा आउन नचाहेको भनेर दिएको अभिव्यक्तिप्रति हाम्रो ध्यानाकर्षण भएको छ ।’ भनेर समेत उल्लेख गरेका छन् ।

डा.केसीको स्वास्थ्य अवस्था गम्भीर हुँदे गएको चिकित्सकहरुले बताएका छन् । उनले औषधिसमेत लिन मानेका छैनन् । केसीको माग पूरा नगरेको भन्दै नेपाल चिकित्सक संघले देशभर उपचार सेवा ठप्प पार्ने चेतावनी दिएको छ ।

आदरणीय पत्रकार मित्रहरु
चिकित्सा शिक्षा ऐन सही रुपमा आउनुपर्ने तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सुरु हुनुपर्नेलगायत मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि विभिन्न मागहरु राखी हामी सत्याग्रहमा रहेको आज १२औं दिन भइसकेको छ ।

यतिका दिनसम्म संवेददनहीन र गैर जिम्मेवारीपूर्ण रुपमा माग पूरा गर्न कुनै पहल नगरेको सरकारका तर्फबाट जिम्मेवार व्यक्तिहरुले हामी वार्तामा आउन नचाहेको भनेर दिएको अभिव्यक्तिप्रति हाम्रो ध्यानाकर्षण भएको छ । हामी कुनै पनि बेला वार्ताका लागि तयार रहेको र सरकार तयार भएको अवस्थामा तत्काल वार्ता टोली पठाउने जानकारी पनि गराउन चाहन्छौं । सरकारलाई चाहिँ यसै विज्ञप्तिमार्फत दलीय वा अन्य स्वार्थ वा पूर्वाग्रह छाडेर तीन करोड नेपालीको हित सुनिश्चित हुने गरी कामहरु गरेर वार्ता सफल बनाउने गृहकार्य गर्न स्मरण गराउँछौं ।
डा.गोविन्द केसी
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला
२०७५।३।२७

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 ÷ = 2