किन स्वीकारिनन् दिशा पटानीले अक्षयकुमारलाई ?

  • 74
  •  
  •  
  •  
  •  
    74
    Shares

एजेन्सी,२७ असार । बलिउडमा मस्ट डिमानिडङ अभिनेत्री दिशा पटानीले फिल्ममा अभिनेता अक्षय कुमारसँग जोडकिो रुपमा खेलन आएको अफर नकारेकी छन् ।

बागी २ हिट पस्चात दिशाको चर्चा चुलिएको हो । अहिले उनी सलमान खानको फिल्म भारतको तयारीमा व्यस्त छिन् । साथै ऋतिक रोशनको जोडी भएर अर्को फिल्म खेल्ने पनि तय भएको छ । यसरी हातमा दुई प्रोजेक्ट भईसकेपछि तत्काल उनले अर्को अफर स्वीकार्ने सम्भावना छैन । यस्तोमा उनले सुपरस्टार अक्षय कुमारको जोडी बन्ने प्रस्तावलाई समेत नकार्नु परेको हो ।

उनलाई हाउसफुल ४ का लागि यो अफर आएको थियो । तर दिशाले समय नभएको भन्दै अफरलाई अस्वीकार गरिन् । कुनै बेला बलिउडमा फिल्म पाउनका लागि निर्माता निर्देशकको दैलो चहार्ने दिशा पटानीको करियरले यति चाँडो यो उचाई लेला भन्ने सायदै कसैलाई लागेको थिएन ।दिशाले अहिलेसम्म दुईवटा मात्र बलिउड फिल्म खेलेकी छिन् ।

दुवै फिल्म हिट बने । उनले क्रिकेटर महेन्द्र सिंह धोनीको बायोपिक एमएस धोनीमा पत्नी साक्षीको भूमिका निभाएकी थिईन । उक्त फिल्मबाट उनलाई दर्शकले निकै रुचाए । त्यस पछी उनको दोस्रो फिल्म बागी २ प्रदर्शनमा आयो र फिल्मले सन्तोषजनक व्यापार गर्यो । बागीमा दिशा आफ्नो रियल लाईफ ब्वाईफ्रेड टाईगर श्राफसँग देखिएकी थिईन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 × 1 =