दुई दशकपछि रजनीकान्तको दुई फिल्म एकै वर्षमा

  • 35
  •  
  •  
  •  
  •  
    35
    Shares

एजेन्सी,२७ असार । बलिउड सुपरस्टार रजनीकान्तले दुई दशकपछि एकै वर्षमा दुई फिल्म रिलिज गर्ने भएका छन् ।

अभिनेता रजनीकान्त र अक्षयकुमारको मुख्य भूमिकामा रहेको फिल्म ‘२.०’ प्रर्दशनको तयारीमा रहेको छ । निर्देशक एस शंकर र अभिनेता अक्षयकुमारले ट्वीट गर्दै फिल्म मिती तय भएको र घोषण गर्न बाँकी रहेको बताएका हुन् ।

ट्रेड एनालिस्ट रमेश बालाले पनि ट्वीट गर्दै २२ वर्षपछि रजनीकान्तको दुई फिल्म एकै वर्ष रिलिज हुने बताएका छन् ।  अभिनेता रजनीकान्तको काला यहि जुुन ७ मा प्रदर्शन भएको थियो । अब उनको फिल्म ‘२.०’ यहि नोभेम्बर २९ मा प्रदर्शन हुनेछ ।

सन् १९९५ मा रजनिकान्तका दुई फिल्म भाषा र मुथु एकसाथ प्रदर्शनमा आएका थिए । त्यसयता उनका दुई वटा फिल्म एकै वर्ष प्रदर्शन हुन सकेका थिएनन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

50 − 46 =