राजपाले महन्थ ठाकुरलाई सर्वसम्मत संसदीय दलको नेता चुन्ने

  • 23
  •  
  •  
  •  
  •  
    23
    Shares

काठमाडौं, २७ असार । प्रतिनिधिसभा निर्वाचन भएको आठ महिना बितिसक्दा पनि राष्ट्रिय जनता पार्टी नेपालले संसदीय दलको नेता चयन गर्न सकेको छैन । केही दिनअघि तीन दिनसम्म बसेको राजपा अध्यक्षमण्डलको राजनीतिक समितिको बैठक विना निष्कर्षमा टुंगिएको थियो ।

राजपामा दलको नेताका लागि महन्थ ठाकुर र राजेन्द्र महतोबीच प्रतिस्पर्धा छ । महतो कुनै पनि हालतमा आफैं दलको नेता बन्ने प्रयासमा लागेका छन् । उनलाई राजपा अध्यक्षमण्डलका अर्का सदस्य शरतसिंह भण्डारीको साथ र समर्थन छ ।
तर, राजपा संयोजक ठाकुरलाई नै दलको नेता बनाउनुपर्ने पक्षमा महेन्द्र राय यादव, राजकिशोर यादव, अनिलकुमार झाले समर्थन गरेकाले महतो तनावमा छन् । राजपा दलको नेता चयन निर्वाचनबाट गराउनुपर्ने पक्षमा महतो छन् । राजपमा १७ सांसद छन्

जसमध्ये नौजना आफूसँग रहेको उनको दाबी छ । तर, पार्टीमा अहिले नै सहमतिविपरीत कोही जान नहुने भन्दै सर्वसम्मत रूपमा दलको नेता चयन गर्नुपर्ने विचार प्रबल बनेको छ ।
राजपा अध्यक्षमण्डलका एक सदस्य राजकिशोर महतोले आगामी शनिबार दलको नेता चयन हुने दाबी गरे । उनले निर्वाचनमार्फत नभर्ई सर्वसम्मत दलको नेता चयन हुने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 43 = 51