नेकपाको विधान र नियमावली पारित

  • 15
  •  
  •  
  •  
  •  
    15
    Shares

काठमाडौं, २७ असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विधान र नियमावली पारित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान बसेको पार्टीको सचिवालय बैठकले विधान र नियमावली पारित गरेको हो ।
नियमावली पारित भएसँगै सबै कमिटीको साँगठानिक एकता र पार्टी सञ्चालनका लागि सहज बनेको छ ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले अब नियमावली छाप्न पठाइने जानकारी दिए । अब अर्को बैठक बसेर विधान र नियमावलीअनुसार सबै पार्टी कमिटीहरुको र जनवर्गीय संगठनहरुको सांगठनिक एकीकरणको आवधिक कार्ययोजना बनाइने जानकारी पनि श्रेष्ठले दिए । नेकपाले आगामी साउन महिनाभित्र सबै तहको सांगठानिक एकता टुंगो लगाउने निर्णय लिइसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × = 10