मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंक

  • 20
  •  
  •  
  •  
  •  
    20
    Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार आर्थिक वर्ष २०७५÷७६ को मौद्रिक नीति सार्वजानिक गर्दैछ । गभर्नर डा. चिरञ्जीवी नेपालले दिउँसो २ बजे होटल ¥याडिसनमा मौद्रिक नीति सार्वजानिक गर्न लागेका हुन् ।
सरकारले बजेटमा लिएका लक्ष्यहरुलाई सघाउने गरी मौद्रिक नीति तयार पारिएको गभर्नर नेपालले जानकारी दिए । बजेटले ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको छ । त्यसलाई सघाउन राष्ट्र बैंकले मुद्रा प्रदायलाई बढाउने नीति लिएको छ । मुद्रास्फितिलाई ६ प्रतिशतमा राख्ने राष्ट्र बैंकको लक्ष्य छ ।

तरलतामा केही सहजता होस् भनेर राष्ट्र बैंकले अनिवार्य नगद मौज्दात (सीआरआर) केही घटाएको छ । त्यस्तै, ब्याजदरमा स्थिरता कायम गर्न पनि मौद्रिक नीतिले सम्बोधन गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुको एउटै संस्थागत निक्षेपकर्ताप्रतिको निर्भरता घटाउन मौद्रिक नीतिले सम्बोधन गरेको छ । मौद्रिक नीतिले होमलोनको सीमा बढाएको छैन । अहिले होमलोनका लागि बैंकहरुले डेढ करोड रुपैयाँसम्म ऋण दिँदै आएका छन् । ७५ लाख रुपैयाँसम्म दिइँदै आएको व्यक्तिगत ओभरड्राफ्ट कर्जामा कडाइ गरिएको छ ।

मौद्रिक नीतिले बैंकलाई सेयर ब्रोकरको लाइसेन्स दिने स्रोतको दाबी छ । त्यसैगरी, मौद्रिक नीतिले बैंकहरुलाई बैंकासुरेन्स गर्ने बाटो खुलाइदिएको छ भने बीमा नगरेको धितोमा ऋण दिन नपाइने ब्यवस्था पनि गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 × = 16