ट्राफिक नियम उल्लघंन रोक्न पृथ्वीमा यसरी भयो यमराजको सवारी

  • 130
  •  
  •  
  •  
  •  
    130
    Shares

एजेन्सी,२७ असार । सवारी नियम उल्लघंनका घटना दिनानु दिन बढ्दो क्रममा रहेका छन् ।
ट्राफिकले सवारी दुर्घटना कम गर्न दण्ड जरिवाना पनि गर्दै आएको छ तरपनि युवाहरुमा यस्तो कुराप्रतिको चासो कम देखिएको छ ।

के गर्दा ट्राफिक नियम उल्लघंनका घटनामा कमी आउँछ ? यस्तोमा मृत्युका देवता ‘यमराज’ नै पृथ्वी लोकमा आएर ट्राफिक नियम पालना गर्न सम्झाएमात्र हामी सबैका आँखा खुल्छन की ? तपाइँ सोचिरहनु भएको होला यो कसरी सम्भव हुन्छ ?आज हामी तपाइँलाई यस बारेमा जानकारी दिँदैछौं।

भारतको कर्नाटकको टाउन हलमा ‘यमराज’ को रुप धारण गरेर एक व्यक्ति आए र सबैलाई ट्राफिक नियमका विषयमा जानकारी दिन थाले। उनले यदि कसैले ट्राफिक नियम पालना नगरे दण्ड दिने चेतावनी पनि दिए।

भारतीय संचारमाध्यमका अनुसार हलासुरु गेट यातायात प्रहरीले मानिसमा यातायात नियमको चेतना फैलाउनकालागि ‘यमराज’ लाई आफ्नो ब्राण्ड एम्बेसडर बनाएको छ।
उनीहरुले हेलमेट नगलाइ बाइक चलाउनु कति खतरनाक हुन्छ भनेर सम्झाउनलाई यस्तो उपाय अपनाइएको हो।

बेंगलुरुमा जुलाईलाई सडक सुरक्षा महिनाका रुपमा मनाइन्छ। यातायात नियमका विषयमा जानरुकता फैलाउनकालागि यहाँको प्रहरीले ‘यम’ को भूमिकालाई सडकमा उतारेको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

90 ÷ 18 =