दिगम्बर झा, वसन्तप्रकाश उपाध्याय र दक्ष पौडेलको रिटमा आज सुनुवाइ हुँदै

  • 6
  •  
  •  
  •  
  •  
    6
    Shares

काठमाडौं, २७ असार । गत बुधबार बसेको मन्त्रिपरिषद्् बैठकले अघिल्लो शेरबहादुर देउवा सरकारले नियुक्त गरेका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको थियो । ओली सरकारले बर्खास्ती गरेपछि पाँचजना पदाधिकारीले मंगलबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

जसमा बुधबार दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा, गोरखापत्र संस्थानका महाप्रबन्धक वसन्तप्रकाश उपाध्याय र राष्ट्रिय सहकारी बोर्डका सहध्यक्ष दक्ष पौडेलको रिटमा सुनुवाइ हुँदैछ । न्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासमा रिटको पेसी तोकिएको छ ।
सरकारले सामूहिक निर्णयबाट निर्वाचन आचारसंहिता लागू भई वर्तमान सरकार गठन नभएसम्मका राजनीतिक नियुक्ति खारेजीको निर्णय गरेको थियो । उनीहरूले प्राकृतिक न्यायको सिद्धान्तविपरीत सुनुवाइको सामान्य मौकासमेत नदिई नियुक्ति बदर गरेको भन्दै रिट दायर गरेका हुन् ।

अदालतले अन्तरिम आदेश जारी गरेमा ओली सरकारको निर्णय कार्यान्वयनमा रोक लाग्नेछ । सर्वोच्चमा रिट हाल्नेहरू सबै कानुन र प्रक्रियागत ढंगले नियुक्ति पाएका हुन् । उनीहरूको राजनीतिक नियुक्ति होइन । सरकारले राजनीतिक नियुक्ति खारेज गर्ने भनेको छ । तर, खुला प्रतिस्पर्धाका आधारमा नियुक्त भएकाको हकमा के गर्ने भन्ने विषयमा कुनै निर्णय गरेको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 × 1 =