अभिनेत्री प्रीति जिन्टा विवादमा, अदालतसम्म पुग्यो मुद्दा

  • 119
  •  
  •  
  •  
  •  
    119
    Shares

एजेन्सी,२७ असार । बलिउड अभिनेत्री प्रीति जिन्टा विवादमा तानिएकी छन् । उनलाई केपीएच प्राइवेट लिमिटेड कम्पनी गैरकानुनी ढंगले सञ्चालन गरेको आरोपमा अदालतमा मुद्दा पुगेको हो ।

चण्डीगड डाक्टर सुभाष सतीजाले कम्पनीको सुविधका लागि जिन्टालाई एउटा कोठा दिइएको र त्यसैमा उनले कम्पनी सञ्चालन गरेको आरोप लगाएका छन् । जसकारण स्टेट अफिसले डा सतिजालाई ३८ लाख रुपैयाँको नोटिस दिएको थियो। त्यसपछि डाक्टर सजिताले जिंटाको कम्पनीबाट उक्त रकम असुल्ने फैला गरेपछि मुद्दा अदालतसम्म पुगेको हो।

डा. सतीजाले जिंटाको कम्पनीविरुद्ध अदालतमा पुद्दा दायर गरेका हुन्। अब यो मुद्दाका विरुद्धमा अदालतमा कारबाही चल्लने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। तर जिंटाको कम्पनीले भने उक्त आरोप अस्वीकार गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

45 − = 41