ऋषि धमला पत्नी एलिजा अभिनित फिल्म ‘अनुराग’ को पोष्टर सार्वजनिक

  • 58
  •  
  •  
  •  
  •  
    58
    Shares

काठमाडौँ,२७ असार । पत्रकार ऋषि धमलाको पत्नी एलिजा गौतमको निर्माण तथा लगानी रहेको फिल्म ‘अनुराग’को पोष्टर सार्वजनिक भएको छ ।

सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार एलिजा गौतम र समुन्द्र पण्डित फिचर छन् ।एरिका फिल्म्स् द्वारा निर्मित यस फिल्मलाई सत्यराज चौलागाईले निर्देशन गरेका हुन् ।

फिल्ममा एलिजा र समुन्द्रको साथमा , ठिलेंन लामा , सरोज खनाल , रुपा राना , राजाराम पौडेल , शिशिर राना मोहन निरौला विश्व बस्नेत, कमल कान्त मैनाली, विद्या भट्टराई , दावा लामा लगायतका कलाकारको अभिनय रहेको छ ।

साउनमा प्रदर्शन मिति तय गरिएको फिल्मले नयाँ प्रदर्शन मिति सहित पोस्टर सार्वजनिक गरेको हो । फिल्म अब असोज १२ गते प्रदर्शन हुने भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

64 ÷ 8 =