भदौ २९ गते रिलिज हुने ‘साली कसको भेनाको’ यस्तो देखियो ट्रेलर

  • 154
  •  
  •  
  •  
  •  
    154
    Shares

काठमाडौं, २६ असार । हा“स्य प्रदान सामाजिक फिल्म ‘साली कसको भेनाको’ को ट्रेलर सार्वजनिक भएको छ । भद्र भुजेलको निर्देशनमा बनेको फिल्मको ट्रेलर बुढासुब्बा डिजिटलको युट्युव च्यानलमार्फत दर्शकमाझ ल्याइएको हो ।

भदौ २९ गतेदेखि देशभरका हलमा प्रदर्शन हुने तयारीमा रहेको फिल्ममा विल्सनबिक्रम राई, बुद्धि तामाङ, रजनी गुरुङ, मरिश्का पोखरेल, सुष्मा कार्की, जयनन्द लामा, कविता आले, वीरेन श्रेष्ठ, पुष्प आचार्यलगायतका कलाकारले अभिनय गरेका छन् ।

प्रसाद श्रेष्ठको प्रस्तुति रहेको फिल्मको निर्मातामा रामप्रसाद श्रेष्ठ, सुशीलगोपाल न्याछ्यो र काजीमान श्रेष्ठ विशाल, कमला भट्टराई र मुक्ति अधिकारी छन् । फिल्मको गीतमा प्रसाद श्रेष्ठ, सुरज शाही ठकुरी र मिन घलानको संगीत छ । मुभिङ पिक्चर्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्म दीर्घ गुरुङले खिचेका हुन् । पुष्प आचार्यले लेखेको फिल्मको सम्पादन बनिष शाहले गरेका हुन् ।

‘साली कसको भेनाको’ समसामयिक सामाजीक बिषयमा निर्माण गरिएको निर्माता प्रसाद बताउछन् । प्रसाद उनै हुन्, जसले पहिला कान्छी, कर्जालगायतका फिल्म निर्माण गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

84 ÷ = 14