मृत्यु हुँदा रोइदिनुपर्ने अनौठो जागिर कमाइ मालमाल (भिडियो सहित)

  • 73
  •  
  •  
  •  
  •  
    73
    Shares

एजेन्सी,२७ असार । आफन्तको मृत्यु हुँदा जो कोही शोकाकुल हुन्छन र रुनछन् पछि । रुने कुरा हृदयदेखि नै प्रकट हुने कुरा हो । तर दुनियाँ पुरै बनावटी भैसकेको छ । जागिर पनि अनौठो हुनछ मृत्युपछि पनि रोइदिने मानिस पनि भाडामा पाइन थालेका छन् ।

कसैको मृत्युपछि डाको छोडेर रुनको लागि मानिसहरुलाई पैसा तिरेर भाडामा गरेको कुरा हामीलाई अच्चम लाग्छ । तर यो यथार्थ हो । अफ्रिकी महादेशको एउटा देशमा यो प्रचलन रहेको छ ।

अफ्रिकी देश घानामा यस्तो प्रचलन छ कि कोही आफन्तको मृत्यु हुँदा शोकको घडीमा रोइदिनका लागि पेशेवर रुन्चेहरुलाई बोलाइन्छ । त्यसरी रोइदिए बापत उनीहरुलाई राम्रै रकम भुक्तानी गर्नुपर्दछ ।

घानामा केही समुदाय यस्ता छन् जसको पेशा नै कसैको मृत्युमा रोइदिनु हो । उनीहरु शौखका साथ उक्त पेशा अपनाइरहेका छन् । कहिलेकाहीँ कुनै अपरिचितको मृत्युमा रुनका लागि जानुपर्दा आफ्नै आफन्तको मृत्युमा रुन नपाउने अवस्थाबाट गुज्रिनुपर्ने अवस्था उत्पन्न हुने यो समुदायका नेता अमी डोक्ली बनाउँछिन् ।

यसरी कसैको मृत्युमा रोइदिने काममा संलग्न धेरै महिलाहरु विधवा महिलाहरु रहेका छन् । कुनै अपरिचितको मृत्युमा बनाबटी रुनु सजिलो त होइन । तर पनि उनीहरु यो पेशा अँगालिरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 × = 28