६ वर्ष पुरानो बर्गरको लिलामी, धेरै रकम आएपछि मालिक दंग

  • 100
  •  
  •  
  •  
  •  
    100
    Shares

एजेन्सी,२७ असार । आजकाल पुरानो सामानको मूल्य धेरै हुन्छ । यसले गर्दा पूरानो सामानको महत्व निकै बढेको छ । जसले गर्दा त्यस्ता सामानलाई लिलामी गरिन्छ वा म्यूजियमतिर राखिन्छ।

त्यस्तै एक रोचक घटना घटेको छ । जुन ६ वर्ष पुरानो बर्गर लिलमी भएको छ । यो घटना क्यानडाको ओन्टारियोमा घटेको हो। जुन केही समय अघिको हो। ओन्टारियोमा बसोबास गर्ने डेव एलेक्जेन्डर नामक एक व्यक्तिले करीब ६ वर्ष पुरानो चिजबर्गर लिलामी गरेका हुन्।

अन्तराट्रिय सञ्चार माध्यम अनुसार डेवले एक बर्गर र केही तारेको आलु घरमा सम्हालेर राखेका थिए। जसलाई उनले बेच्नका लागि अनलाइन सपिङ साइट ईबे मा विज्ञापन राखे।
उनले सुरुमा उक्त बर्गरको लिलामी रकम ३० डलर राखेका थिए। तर पछि गएर त्यो बर्गरको मूल्य ६२.६५ पुग्न गयो। जसका कारण डेव निकै खुशी भए।

डेवका अनुसार उनले त्यो चिजबर्गर सन् २०१२ को ६ जुनमा किनेर घरमा ल्याएर राखेका थिए। ओन्टारियोमा बसोबास गर्ने मानिसहरुका अनुसार म्याकडोनाल्ड्सको फुड कहिल्यै बिग्रिदैन। जसअनुसार डेवले पनि ६ वर्षसम्म बर्गरलाई सम्हालेर राखे र पछि लिलामी गरे।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

63 − 53 =