राजधानीका तीनै जिल्लामा दिउँसो टिपर चलाउन प्रतिबन्ध

  • 376
  •  
  •  
  •  
  •  
    376
    Shares

काठमाडौँ  । टिपरको कारण लगातार दुर्घटना बढेपछि गृह मन्त्रालयले दिउँसो काठमाडौं उपत्यकाका तीनै जिल्लामा टिपर चलाउन प्रतिबन्ध लगाउने निर्णय गरेको छ । गृहमन्त्रालयले आजबाट राति आठ बजेदेखि बिहान ५ बजेसम्म मात्रै टिपर चलाउने व्यवस्था गर्न उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र महानगरीय प्रहरी ट्राफिक महाशाखालाई निर्देशन दिएको छ ।

मंगलबार (हिजो)  काठमाडौँको जडीबुटीमा टिपरको ठक्करबाट  झापा घर भई दूधपाटी बस्ने रोयल सुवेदीको मृत्यु भएको थियो । सोही स्थानमा जेठ तीसमा पनि टिपरको ठक्करबाट अस्मिता राजभण्डारीको मृत्यु भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 3 = 1