पाँचजना महिलाका कारण भएको थियो महाभारत युद्ध

  • 878
  •  
  •  
  •  
  •  
    878
    Shares

काठमाडौं । महाभारत विश्वकै ठूलो महाकाव्य हो जसको रचयिता कृष्ण द्वैपायन वेदव्यास मानिन्छन् । महाभारत काव्यभन्दा बढी हाम्रो जीवनसँग घुलमिल भएको छ तसर्थ यसका विषयमा कौतुहल हुन स्वाभाविक हो । खासमा भन्ने हो भने महाभारत युद्ध यसै कारणले भएको हो भनी किटान गर्न गार्‍हो छ तर आम मान्यता के छ भने युद्ध महिला, जमिन तथा स्वाभिमानका लागि हुने गर्छ ।

महाभारत युद्ध मूलतः जमिनको भागबण्डाका कारण भएको मानिन्छ तर यसका विषयमा केही विद्वान्हरू भन्छन्, यो कुरा त शान्तिपूर्वक पनि सम्पन्न हुनसक्थ्यो तर केही महिलाहरूको जिद्दीका कारण कौरव तथा पाण्डवहरूका बीच कटुता बढेर युद्ध हुन पुग्यो । हेरौं, को को हुन् ती महिला, जसका कारण महाभारतको भयंकर युद्ध भयो र सम्पूर्ण भारतवर्षमै अपूरणीय क्षति पुग्यो ।

सत्यवती

महाभारतको सुरुवात राजा शान्तनुको कथाबाट हुन्छ । भरतवंशी महाराज प्रतीपका पुत्र महाराज शन्तनुले गंगासँग विवाह गरी एक पुत्र प्राप्त गरेका थिए देवव्रत । गंगाले छाडेर गएपछि शन्तनुले बुढेसकालमा माझीपुत्री सत्यवतीसँग विवाह गरे । सत्यवतीले विवाहअघि शन्तनुसँग आफ्नो कोखबाट जन्मिएको सन्तान राज्यको उत्तराधिकारी हुनुपर्ने शर्त तेस्याएकी थिइन् ।

यो शर्त सुनेर चुपचाप फर्किएका शन्तनु बेचैन रहन थाले, उदासीले छोप्यो, चुपचाप एक्लै बस्न थाले । जब देवव्रतले यो कुरा थाहा पाए, उनले तत्काल गई सत्यवतीलाई वचन दिए कि ‘म आजीवन ब्रह्मचर्य पालन गर्नेछु, राज्य गर्ने पनि छैन र तपाईंका सन्तान नै गद्दीका उत्तराधिकारी हुनेछन् ।’ यस्तो प्रतिज्ञापछि देवव्रतलाई भीष्म भन्न थालियो ।

सत्यवती नै एक यस्तो कारण बनिन् जसका कारणले हस्तिनापुरबाट कुरुवंश नष्ट हुनपुग्यो । सत्यवतीको विवाह शान्तनुसँग गर्नका लागि भीष्मले प्रतिज्ञा नगरेका भए वेदव्यासका पुत्र धृतराष्ट्र तथा पाण्डु हस्तिनापुरको शासक हुने थिएनन् वा भनौँ उनीहरूको जन्म नै हुने थिएन । त्यस्तो अवस्थामा इतिहास नै अर्कै हुनसक्थ्यो ।

धृतराष्ट्र तथा पाण्डुका आमाहरू अम्बिका र अम्बालिका काशीराजका छोरी थिए । धृतराष्ट्र पत्नी गान्धार नरेश सुबलकी छोरी गान्धारी तथा पाण्डुपत्नी राजा कुन्तीभोजकी धर्मपुत्री पृथा वा कुन्तीको जन्म संघर्षैसंघर्षले भरिएको देखिन्छ ।

खास कुरा के भने अम्किा तथा अम्बालिकाका पति विचित्रवीर्यकी माता सत्यवतीले आफू छउन्जेल राजपाठ एवं महलको आन्तरिक क्रियाकलापमा ठूलो दखल राख्थिन् । उनैले सम्पूर्ण फैसला लिन्थिन् भने भीष्मको काम उनको आदेश तामेल गर्नु मात्र हुन्थ्यो । मर्ने बेलामा राजा शन्तनुले इच्छामृत्युको वरदानप्राप्त भीष्मलाई हस्तिनापुर राजसिंहासनमा बस्नेप्रति वफादार रही सेवा गर्ने आदेश दिएका थिए । सत्यवतीको गमनपश्चात् शक्तिकेन्द्र त बदलियो तर हस्तिानापुरको सौभाग्य भने फिर्न सकेन र अन्ततः महाभारतको युद्ध नै हुनपुग्यो ।

कुन्ती

कुन्तीको विवाह पाण्डुसँग भएको थियो जो त्यसबखत हस्तिनापुरका राजा थिए । उनी आप\mना दाजु अन्धा भएका कारण राजा हुन पाएका थिए ।

कथामा भनिए अनुसार ऋषिको श्रापका कारण पाण्डु सन्तान जन्माउन असमर्थ थिए । उनका दुई श्रीमती कुन्ती तथा माद्री दुवै निःसन्तान थिए । विडम्वना श्रीमतीहरूसँग यौनसम्पर्क राख्न खोजेमा पाण्डुको मृत्यु हुन्थ्यो । यसबाट दिक्दारिएका पाण्डु दुवै श्रीमतीलाई लिई वनवासमा गए, सिंहासनमा धृतराष्ट्रलाई राखियो ।

कुन्तीले विवाह हुनुअघि नै दुर्वासा ऋषिको वरदानका कारण सूर्यबाट पुत्र जन्माएकी थिइन् । लोकलाजका कारण कुन्तीले उक्त पुत्रलाई नदीमा बगाइदिइन् । उनी मन्त्रशक्तिद्वारा आफूले चाहेको देवतालाई बोलाएर उसबाट सन्तान जन्माउन सक्थिन् । यस्तो वरदानको कुरा सुनेपछि कुन्तीले पाण्डुकै सहमतिमा धर्मराजबाट युधिष्ठिर, वायुबाट भीमसेन तथा इन्द्रबाट अर्जुन जन्माइन् । उनले आप\mना सौता माद्रीलाई पनि उक्त रहस्य सिकाइदिइन् । माद्रीले अश्विनीकुमारलाई बोलाएर नकुल र सहदेव नामक दुई पुत्र जन्माइन् । यसरी पाण्डुका पाँचजना सन्तान जन्मिए ।

पाण्डु र माद्रीको मृत्यु भएपछि महत्वाकांक्षी कुन्ती आफ्ना पाँचजना छोराहरूलाई लिएर हस्तिनापुर गइन् । त्यतिबेला हस्तिनापुरमा रहेका सम्पूर्ण ऋषिमुनिहरू पाण्डुसँग मित्रता थियो तसर्थ उनीहरू मित्रका पुत्रहरूलाई सहयोग गरी हस्तिानापुरमा स्थापित गराउन सहयोग गरे । कुन्तीको कुरामा विश्वास गरेर सबैले पाण्डवहरूलाई पाण्डुपुत्र माने र उनीहरूको स्वागत गरे । हस्तिनापुरमा कुन्तीको भेट गान्धारीसँग भयो । गान्धारीका सयजना छोरा थिए ।

उनी आफ्ना सन्तानलाई हस्तिनापुरको राजा बनाउन चाहन्थिन् भने कुन्तीको चाहना पनि आफ्ना नै सन्तान राजा होऊन् भन्ने दियो । यी दुईबीच अप्रत्यक्ष रूपमा आआफ्ना छोराहरूलाई राज्याधिकारी बनाउने विषयमा द्वन्द्व चल्यो जसको कारण महाभारतको भयंकर युद्ध भयो ।

कृष्ण अन्तिम शान्तिदूत भई हस्तिनापुर आएर र्फकंदा कुन्तीले कृष्णमार्फत आप\mना पाँचजनै छोराहरूलाई सन्देश पठाएकी थिइन्- छोरा हो Û जुन दिनका लागि क्षत्राणीहरू कष्ट सहेर पुत्र जन्माउँछन् त्यो दिन आइपुगेको छ । युद्ध जसरी पनि हुनैपर्छ ।’ यसबाट उनी कति युद्धाकांक्षी थिइन् भन्ने छर्लंग हुन्छ ।

गान्धारी

धृतराष्ट्र आँखाबाट मात्र नभई मनबाटै पनि अन्धाको जस्तो व्यवहार गर्थे, यसकारण गान्धारी तथा उनका दाइ शकुनी -जो बहिनीको विवाहपछि गान्धार राज्य छोरालाई सुम्पेर हस्तिनापुरमै बस्न थालेका थिए) ले सम्पूर्ण राजकाज चलाउँथे । धृतराष्ट्रमा आफ्ना छोरो दुर्योधनप्रति अपार ममता थियो उनी छोारको कुनै पनि कुरा काट्न सक्दैनथे ।

गान्धारीको मनमा राजपाठ कुन्तीका छोराहरूको हातमा जाने हो कि भन्ने चिन्ता थियो । उता शकुनीले भानिज दुर्योधनको मनमा सानैदेखि पाण्डवहरूप्रति घृणाभाव जगाइदिएका थिए । गान्धारी तथा धृतराष्ट्रले पाण्डवहरूलाई पाँच गाउँ दिएर भए पनि युद्ध टार्न सक्थे तर उनीहरूले कहिल्यै पनि उक्त कुरा स्वीकार गर्न सकेनन् ।

द्रौपदी

पाण्डवहरूकी श्रीमती तथा पाञ्चाल नरेश द्रुपदकी पुत्री द्रौपदीलाई महाभारत युद्ध हुनुपछाडिका सबैभन्दा ठूलो कारण मानिन्छ । उनको जन्म पनि हस्तिनापुरका गुरु द्रोणचार्यसँग बदला लिनका लागि द्रुपदले गराएको यज्ञबाट दाजु धृष्टद्युम्नसँगै भएको थियो । महाभारतको कथा अनुसार दुर्योधन इन्द्रप्रस्थमा बेला द्रौपदीले गरेको खिसी नै पछि युद्धको कारण बनेको थियो ।

इन्द्रप्रस्थमा दैत्यराज मयले बनाइदिएको भव्य दरबार थियो । उक्त दरभारमा जमिनमा पानीको तथा पानीमा जमिनको भ्रान्ति हुन्थ्यो । त्यस्तो स्थलमा हिँड्दा दुर्योधन भ्रमित बनेका थिए । उनले पानी धनेर होसपूर्वक, लुगा स्याहारेर टेको ठाउँ जमिन हुन्थ्यो भने जमिन भन्ठानेर टेकोको ठाउँ पानीमा पथ्र्यो । यो देखेर द्रौपदी ‘अन्धाको छोरो अन्धो नै हुन्छ’ भन्दै जोडले हाँसेकी थिइन् जसले दुर्योधनको अभिमानमा गहिरो चोट पुर्‍यायो ।

दुर्योधनले आफूमाथि भएको अपमानको बदला जसरी भए पनि लिने उपायको खोजी गरे । शकुनीले यसमा सहयोग गरे । पाण्डवहरूलाई जुवा खेल्न हस्तिानापुर बोलाए र जुवामा उनीहरूको सबै राज्य जितेपछि द्रौपदीलाई समेत जितेर सभामा ल्याई दासी भन्दै नाङ्गो बनाउने प्रयास गरे । यसको परिणामस्वरूप कौरव र पाण्डवका बीच कहिल्यै मेटिन नसक्ने वैमनस्य एवं शत्रुताले प्रवेश पायो । यो महाभारत युद्ध हुनको सबैभन्दा ठूलो कारण बन्यो । द्रौपदीले दुःशासनको रगतले ननुहाएसम्म आफ्नो चुल्ठो नबाँध्ने प्रतिज्ञा गरेकी थिइन् ।

पाण्डवहरूले बार्‍ह वर्ष वनवास र एक वर्ष गुप्तवासको शर्त पूरा गरेपछि दुर्योधनसँग राज्य फिर्ता मागे । युद्ध हुने भयो किनभने दुर्योधनले सियोको टुप्पोबराबरको जमिन पनि पाण्डवहरूलाई नदिने बताए । यसअघि श्रीकृष्ण शान्तिदूत बनेर हस्तिनापुर जाने क्रममा युधिष्ठिरले कौरवहरूसँग मिल्दा शान्ति हुन्छ, मारकाट हुँदैन भनी सकेसम्म सन्धि गर्नुपर्ने कुरा गरेका थिए ।

त्यतिखेर द्रौपदीले रिसाउँदै यी लाछी पाण्डवहरू युद्ध गर्न चाहँदैनन् भने घरमै बसून्, म आफ्ना दाजुभाइ, बूढा बाबु तथा बालक छोराहरूलाई लिएर आफैं युद्ध मैदानमा जान्छु भनिन् । यसबाट जसरी पनि युद्ध गर्नैपर्ने द्रौपदीको मनोभाव छर्लङ्ग हुन्छ ।

सुभद्रा
सुभद्र कृष्ण तथा बलरामकी बहिनी थिइन् जसको विवाह कृष्णले युक्तिपूर्वक अर्जुनसँग गराइदिए । उता बलरामले पहिल्यै दुर्योधनलाई आफ्नी बहिनी सुभद्राको विवाह उनैसित गराइदिने वचन दिएका थिए । यसका कारण पनि अर्जुन र दुर्योधनका बीच एक प्रकारको वैमनस्य खडा भएको पाइन्छ ।

जानकारहरूका अनुसार महाभारत युद्धको कारण कुन्ती एवं गान्धारी बीचको लडाइँको परिणाम थियो जुन आगोमा घिउ थप्ने काम द्रौपदीले गरिन् । भन्ने नै हो भने न त कौरव वास्तविक कौरव थिए न त पाण्डव नै वास्तविक पाण्डव थिए । कौरव वेदव्यासका नाति थिए भने पाण्डव वेदव्यासका नाति तथा देवताहरूका पुत्र थिए ।

देवताहरू आफ्ना छोराहरूलाई राज्यको उत्तराधिकारी बनाउनका लागि अप्रत्यक्ष रूपमा युद्धमा सामेल भए तर वेदव्यास भने कहिल्यै पनि पक्षपाती रहेनन् । उनी निस्पृह बने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

49 − = 42