ग्रीन टी पिउनुहुन्छ ? जान्नुहोस् यसका फाइदा र बेफाइदा

  • 387
  •  
  •  
  •  
  •  
    387
    Shares

काठमाडौँ । ग्रीन टी यस्तो चिज हो यसमा मोटोपन कम गराउने तत्वहरु रहेको हुन्छ । ग्रीन टी खाँदा मानिसको इम्युन र ब्रेन सिस्टम तन्दुरुस्त राख्छ । तर यसको नियमित र ठीक मात्रामा मात्र सेवन गर्नुपर्छ अन्यथा हानिकारक बन्छ । त्यसैले ग्रीन टी पिउनु अगाडि कोही विषेशज्ञ वा डाक्टरको सल्लाह लिन नभुल्नु होला । आउनुहोस् ग्रीन टी पिउनुका फाइदा र बेफाईदा के के छन् ? हामी जानकारी दिँदै छौँ ।

ग्रीन टी को विशेषता र फाईदाहरु

१. ग्रीन टी एन्टीअक्सिडेन्टयुक्त हुन्छ
जुन एन्टीअक्सिडेन्ट क्याटेचिनले भरपुर हुन्छ । यसले शरिरको पुरानो बिमार हटाउँछ ।

२. मृत्युदर घटाउन सहयोगी
एक शोधबाट पत्ता लागेको छ की ग्रीन टी सेवन गर्दा मृत्युको खतरा कम हुन्छ । किनकी ग्रीन टी ले हृदय रोग लाग्नबाट बचाउँछ । आजको समयमा हृदयरोगबाट धेरै मानिसहरु मर्ने गरेका छन् ।

३. स्तन क्यान्सर हुनबाट समेत रोक्छ
एक शोधबाट पत्ता लागे अनुसार ग्रीन टी मा पाईने विभिन्न तत्वले स्तन क्यान्सर हुनबाट समेत बचाउँछ । नियमित ग्रीन टी पिउनेलाई २५ प्रतिशत कम क्यान्सर हुने सम्भावना रहन्छ ।

४. मधुमेहको रोगीको लागि फाईदाजनक
ग्रीन टी सेवनले मधुमेहको रोगीलाई पनि फाइदा गर्छ ।

५. व्लडप्रेसर नियन्त्रणमा
ग्रीन टी नियमित पिउनाले यसमा भएको विभिन्न तत्वले व्लडप्रेसर पनि नियन्त्रणमा राख्छ । यसका साथै कोलेस्ट्रोल पनि निश्चित लेभलमा राख्छ ।

६. मानसिक शान्ति मिल्छ
ग्रीन टी सेवन गर्दा यसमा हुने थेनाईन भन्ने तत्वले शरिरमा एमिनो एसिड बनाउँछ । जसले शरिर ताजगी राख्न मद्धत गर्छ र मानसिक शान्ति दिन्छ ।

७. ग्रीन टी ले छालाको सुरक्षा गर्छ
ग्रीन टी मा एन्टीएजिङ्ग तत्व हुन्छ । यसले अनुहारको चाउरीपना कम गराउँछ र अनुहारमा चमक ल्याउँछ । यसको सेवनले छालामा सुर्यको किरणको प्रभाव पनि पर्दैन । ग्रीन टी संग अदुवा, कागती र तुलसीको साथमा लिनुभएमा अझ फाइदाजनक हुन्छ ।

ग्रीन टी का बेफाइदाहरु
ग्रीन टी को सेवनले जति फाईदा गर्छ तर सेवन गर्न जानिएन भने उति नै बेफाइदा गर्छ । यसका केही बेफाईदाहरु यस्ता छन् ।

१ अधिक सेवनले थकावट
ग्रीन टी को अत्यधिक सेवन गरेमा यसको लत बस्छ । लत बसिसकेपछि नपाएमा चिडचिडापन हुने थकावट हुने गर्छ । यसका साथै निद्रा नलाग्ने समस्या समेत बनाउँछ ।

२. किड्नीमा समस्या पार्न सक्छ
ग्रीन टी को अधिक सेवनले किड्नीको समस्या सिर्जना गर्न सक्छ ।

३. गर्भमा असर पार्न सक्छ
ग्रीन टी को सेवनले गर्भधारण गर्न चाहने महिलाको लागि एकदमै समस्या पार्न सक्छ । किनकी यसको अधिक सेवनले भ्रुणको मृत्यु गराउँछ ।

४.गर्भवती महिलाको लागि पनि हानीकारक
ग्रीन टी पिउँदा गर्भवती महिलालाई र उसको पेटको बच्चालाई पनि असर गर्छ । यसको सेवनले समय अगावै बच्चा जन्मने समस्या सिर्जना गराउँछ ।

५. आमाले ग्रीन टी पिउँदा साथमा रहेको बच्चाको लागि पोषक तत्व मिल्न सक्दैन त्यसको साथै बच्चाको तौलमा समेत कमी आउँछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

63 ÷ 9 =