क्रोएसिया पहिलो पटक विश्वकपको फाइनलमा, इंग्ल्याण्ड २–१ ले स्तब्ध
156 - 156Shares
काठमाडौं, २८ असार । इंग्ल्याण्डलाई हराउँदै क्रोएसिया पहिलो पटक विश्वकपको फाइनलमा प्रवेश गरको छ । बुधबार राति भएको सेमिफाइनलमा इंग्ल्याण्डलाई २–१ गोलले हराउँदै क्रोएसियाले फाइनलमा स्थान पक्का गरेको हो ।
खेल सुरु भएको ५ मिनेटमा नै इङ्ल्यान्डले गरेको गोललाई क्रोयसियाले ६८ मिनेटमा गोल गरी बराबरीमा पुर्याएको थियो। त्यसपछि ९० मिनेट र अतिरिक्त समयमा समेत गोल हुन नसकेपछि खेल एक्ट्रा समयमा प्रवेश गरेको थियो। अतिरिक्त समयमा १०९ मिनेटमा क्रोयसियाले गोल गर्यो र फाइनल प्रवेश गर्यो।
उसले बेल्जियमलाई पराजित गर्दै पहिलो खेलमा फाइनल प्रवेश गरेको फ्रान्ससँग फाइनल खेल्ने भएको छ। यो सँगै ५२ वर्षपछि फाइनल पुग्ने इङ्ल्यान्डको सपना तुहिइएको छ ।