रोनाल्डोसँगै ग्यारेथ बेलले पनि रियल मड्रिड छोड्ने !

  • 2.9K
  •  
  •  
  •  
  •  
    2.9K
    Shares

काठमाडौं, २८ असार । क्रिस्टियानो रोनाल्डो रियल मड्रिडबाट ८८ मिलियन पाउण्डमा युभेन्टसमा अनुबन्धित भइसक्दा रियलका अर्का स्टार ग्यारथे बेलको भविष्य भने अझै अनिश्चित छ ।

२८ बर्षिय बेलले रोनाल्डो भन्दा पहिले रियल छोड्ने संकेत गरेका थिए । अहिलेपनि बेल रियलबाट बाहिरने मुडमै छन् । उनका एजेन्ट जोनथन बार्नोटले इएसपीएनसँग भनेका छन्, ‘बेलले प्रशिक्षकसँग कुरा गर्नेछन् र बाहिरिनेछन् ।’

हालै नियुक्त भएका प्रशिक्षक जुलन लोपेटेगुईले बेललाई रोक्छन् या विदा दिन्छन्, त्यो केही दिनमै टुंगो लाग्ने बताइएको छ । बेललाई भित्र्याउन म्यानचेस्टर युनाइटेडलले चासो देखाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =