रियलले ताकेका हार्जाडलाई भित्र्याउने बार्सिलोनाको दाउ

  • 772
  •  
  •  
  •  
  •  
    772
    Shares

काठमाडौं, २८  असार । क्रिस्टियानाको रोनाल्डो युभेन्टस गएपनि रियल मिड्रडले चेल्सीका इडेन हार्जाडलाई भित्र्याउने तयारी गरिरहँदा चिरप्रतिद्वन्दी बार्सिलोनाले समेत हार्जाड भित्र्याउने प्रयास थालेको छ ।

रोनाल्डो मंगलबार युभेन्टसमा अनुबन्धित भएपछि रियलले हार्जाडलाई दोस्रो रोजाइमा राखेर अनुबन्धको तयारी गरिरहेको छ । यहीबीचमा हार्जाड भित्र्याउने होडमा बार्सिलोना समेत थपिएको हो । आन्द्रेस इनिएष्टको अभाव खड्कन नदिन बार्सिलोनाले हार्जाडलाई अनुबन्धको गर्ने तयारी गरेको बताइएको छ ।

प्रशिक्षक अर्नेष्ट भलभर्डेले आगमी सिजनमा च्याम्पियन्स लिग जित्न बलियो मिडफिल्डको आवश्यक रहेको भन्दै हार्जाड माथि चासो देखाएका छन् ।

बार्सिलोनाले गत सिजनको अन्त्यमा एथ्लेटिको मड्रिडका एन्टोनी ग्रिजमनलाई भित्र्याउन प्रयास गरेपनि ग्रिजमनले एथ्लेटिकमै बस्ने निर्णय गरेका थिए । सोमबार मात्रै बार्सिलोनाले ब्राजिलिन मिडफिल्डर आर्थर मेलोलाई भित्र्याएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 2 = 3