मुलुकभर नदीमा पानीको बहाव बढ्दो क्रममा, विशेष सतर्कता अपनाउन बाढी पूर्वानुमान शाखाको आग्रह

  • 76
  •  
  •  
  •  
  •  
    76
    Shares

काठमाडौं, २८ असार । विगत २४ घन्टा बढी समयदेखि अविरल परेको पानी मुलुकभरका नदीमा पानीको बहाव बढ्दो क्रममा रहेको छ । बिहीबार मध्यरातसम्म निरन्तर पानी पर्ने सम्भावना रहेकाले विशेष गरी नदी जलाधार क्षेत्र आसपासका जनतालाई विशेष सतर्कता अपनाउन जल तथा पूर्वानुमान शाखा तथा बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ ।

शाखाले बिहीबार देशभर पानी पर्ने भएकाले कन्काई, कोसी, कमला, बाग्मती, नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली र महाकालीलगायतका सबै मुख्य नदीहरूमा बहाव उच्च भई बाढी आउन सक्ने जनाएको छ । पश्चिम नेपालका चुरे क्षेत्रबाट बग्ने नदीहरूमा एक्कासि बाढी आउन सक्ने सम्भावना रहेको बताइएको छ ।

‘आज अधिकांश नदीहरूमा बहाब बढ्दो क्रममा रहने, केहीमा आज मध्यरातसम्म सतर्कता आसपस पुग्ने सम्भावना भएकाले सतर्क रहन अनुरोध छ । आज बागमती नदीजलाधारमा मध्यम वर्षा भइरहेकाले बाग्मती र यसका शाखा नदीहरूका तटीय क्षेत्रमा हुनेहरू विशेष सतर्कता अपनाऔं,’ शाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

72 ÷ 36 =