‘अब तक छप्पन’ का सहायक निर्देशक रविशंकरले गरे आत्महत्या

  • 43
  •  
  •  
  •  
  •  
    43
    Shares

एजेन्सी,२८ असार । बलिउड कलाकार रवीशंकर आलोकले घरको छतबाट हामफालेर आत्महत्या गरेका छन् ।फिल्म ‘अब तक छप्पन’का सहायक निर्देशकसमेत रहेका फिल्मका स्क्रिप्ट राइटर आलोकले बुधबार आफ्नो घरको छतबाट हाम फालेर आत्माहत्या गरेका हुन् ।

रविशंकरले एक वर्षदेखि कुनै काम गर्न सकेका थिएनन्। उनी भाडाको घरमा बस्दै आएका थिए। रविशंकर डिप्रेशनमा रहेको उनका भाइले बताएका छन्। आत्महत्या गरेका रविशंकरसँग कुनै सुसाइड नोट फेला नपरेको स्थानीय सुरक्षा अधिकारीलाई उदृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन्।

फिल्म ‘अब तक छप्पन’ सन् २००४ मा प्रदर्शन भएको थियो। यो फिल्ममा रवीशंकरले निर्देशक शिमित अमिनसँग मिलेर सहायक निर्देशकको भूमिका निर्वाह गरेका थिए। फिल्मले निकै चर्चा कमाएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 1 = 6