बिहान उठ्ना साथ भक्तपुर जलमग्न भएपछि नेपाली सेनाले यसरी ग-यो क्रेन र डुंगाबाट उद्धार (भिडियो)

  • 854
  •  
  •  
  •  
  •  
    854
    Shares

काठमाडौं, २८ असार । बुधबार बिहानदेखि परेको अविरल वर्षाले भक्तपुरको हनुमन्ते खोलामा राति बाढी आएको थियो । अझ रातभर पानी परेपछि बिहीबार भक्तपुरको विभिन्न स्थान जनमग्न बन्न पुगेको थियो ।

भक्तपुरको दुवाकोट, दक्षिणी बेल्ट, राधेराधेबाट निकोसेरा जाने आउने सडक, लिवाली, सल्लाघारी, चाँगुनारायण इट्टाभट्टाको तल्लो बेल्ट, ब्रम्हयाणी, नगरकोट जाने नयाँबाटोलगायतका क्षेत्र जलमग्न भएको हो । लिवाली जलमग्न हुँदा जगातीबाट कमलविनायक सडक बिहान बिहान साढे ४ बजेबाट पूर्णरूपमा अवरुद्ध भएको थियो ।

अरनिको राजमार्ग भएर चल्ने सवारीसाधन राधेराधे क्षेत्रमा लाममा लागेका थिए । राधेराधे क्षेत्र र सल्लाघारी वरपरको क्षेत्र डुबानमा परेपछि नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोलीले डुंगा र क्रेनको सहायताले पानीमा फसेका र घरमै थुनिएकाको उद्धार गरेको थियो । जलमग्न क्षेत्रका घरघरमा पानी पसेको छ । मोटरसाइकल, कार, ट्याक्सीलगायतका सवारीसाधन पानीमै डुबेका देखिन्थे भने केही केही बगाएर अलि परसम्म पु¥याएको देखिन्थ्यो ।

सडकको बीचमै पानीको भल धेरै भएपछि स्थानीयले यात्रुलाई उद्धार गरेका थिए । खासगरी बिहानको समय भएकाले स्कुल र कलेज जाने विद्यार्थी बढी प्रभावित बनेका छन् । अरनिको राजमार्गका ठाउँठाउँमा पानीका ठूल्ठूला भुल्को देखेपछि स्थानीय त्रसित बनेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 5 =