यस्तो थियो फ्रन्सका बेन्जामिनको कहानी, बुबाआमाले घुमन्ते भन्थे, सडकमा एक्लै खेल्थे

  • 437
  •  
  •  
  •  
  •  
    437
    Shares

एजेन्सी,२८ असार । म पेरिसको आसापासको क्षेत्रमा हुर्किएको केटा हो । मैले फुटपाथमा फुटबल ड्रिब्बल गर्थेँ । मैले फुटबल बाहेक केही सोचिनँ । जब म सानो थिएँ, म दाइ र उसका साथीसँग सहर घुम्थेँ । उनीहरु खेलिरहेका हुन्थे, मलाई पनि खेल्न मन लाग्थ्यो ।

कहिले त म खेल्छु भन्दा लखेट्थे पनि, किनकी म निकै सानो थिएँ । मलाई धेरैले दाजुका कारण चिन्थे र म फुटबल ड्रिब्लिङ गर्दै हिडिरहेको हुन्थेँ । म सोच्छु, मेरो जिवन कस्तो हो ? पेरिसको आसपास हर्किएका जो कोही फुटबलको सपना देख्छन् । मेरो सपनाले पनि तपाईलाई आश्चर्यमा पार्ने छैन । त्यो बोला म बेन्जामिन थिइनँ, मेरो दिमागमा त्यो थिएन । म ७ देखि ९ बर्षको उमेरसम्म बेन्जामिन थिइनँ ।

म रिबेरी थिएँ !
म जिदान थिएँ !
म हेनरी थिएँ !

हो म यस्तै सोच्थेँ । म कल्पना गर्थेँ, ‘म स्टेडियममा छु । मानिसहरुले झण्डा फहराइरहेका छन्, म देशको जर्सी लगाएर राष्ट्रिय गान गाउँदैछु ।’ मेरो कल्पनाले कहिले काहिँ समस्या समेत निम्त्याउथ्यो । म एक दिन फुटपाथमा बल छक्काउँदै हिडिरहेको थिएँ ।

मानिसहरु बाटो काट्न सिग्नलको प्रतिक्षामा थिए । मैले त्यता तर्फ ध्यान दिइनँ, म बल ड्रिब्बल गर्दै अघि बढेँ मलाई एक कारले ठक्कर दियो । यो नाटकिय क्षण थियो । वास्तवमा कारको गति सामान्य थियो, तर मलाई ठक्कर दिन भने त्यो गती पर्याप्त थियो ।

कारको ठक्करबाट मलाई केही भएन । अस्पताल जानु परेन, कुनै चोट लागेन । तर मेरा आमा वुवा भने त्यो घटनाबाट निकै दुखि हुनुभयो । घरमा बुवाले भन्नुभयो, ‘अब फुटबल खेल्न छोड र पढाइमा ध्यान केन्द्रीत गर ।’ आमाले अर्कै तरिकाले भन्नुभयो ‘तेरो दिमाग उडन्ते छ ।’ म उहाँहरुको कुरामा सहमत हुन सकिनँ ।

त्यसको समधान झन धेरै फुटबल खेल्नु थियो, कम होइन । बललाई नियन्त्रणमा राख्न सकेको र ध्यान दिएर हिँडेको भए म कारको ठक्कर खानबाट बच्ने थिएँ । अर्को दिन म बाहिर निस्किएँ र फेरी बल ड्रिब्बल गर्न थालेँ । विश्वकप खेल्नु एक सम्मानको विषय हो । फ्रान्सका लागि खेल्नु झनै सम्मानको कुरा हो, र यो एक सपना थियो ।

मेरो फुटबल यात्रामा धेरैले मार्गदर्शन दिएका छन् । जब म १३ बर्षको उमेरमा लेहाब्रेमा जोडिएँ तब मलाई लागेको थियो मेरो करियर राम्रोसँग चलिरहेको छ । मैले सोचेँ आमा बुवा र घर छोड्न सजिलै हुनेछ ।

म त्यो बेला जीवन र फुटबलका बारेमा अपरिपक्कव र बेवकुफ थिएँ ।
हाब्रे मेरो यात्राको सुरुवात थियो, जहाँ म मानिस बनेँ । जब म २०१३ मा मार्सेली गएँ जहाँ फुटबलबारेको मेरो सोचाइ नै फेरियो । त्यहाँ मैले टेक्निक, स्टाटेजी सिकेँ ।

जुन दिन उनी मार्सेली आए, उनी निकै गम्भिर र व्यवसायिक थिए । उनले पहिलो पटक खेलाडीलाई सम्बोधन गर्दा एक पटक पनि मुस्कुराएनन् । रणनीतिको कुरा गर्दा उनीमा पागलपन देखिन्थ्यो ।

मैले उनीबाट धेरै कुरा सिकेँ, कतिपय कुरा ‘अल्क्षि लाग्दा’ समेत थिए । ती अल्क्षिलाग्दा कुराले पनि मलाई धेरै फाइदा पुराएका छन् । म पुराना खेलका भिडियो हेर्न निकै अल्क्षी मान्थेँ । म गम्भिर हुन्न थिएँ । भिडियो देखाउने शत्रमा म निदाइदिन्थेँ । जब म आँखा खोल्थेँ मार्सेलोले मलाई हेरिरहेका हुन्थे, र भन्थे, ‘म तिम्रो ध्यानको प्रतिक्षामा छु ।’ उनकै कारण मैले पुराना खेलका भिडियो हेर्न सिकेँ । भिडियो र रणनीतिमा चासो देखाउन थालेँ । त्यो सबै मार्सेलोको प्रभाव थियो ।

जब म मार्सेली छोड्ने तयारीमा थिएँ, त्यो निकै कठिन समय थियो । शहर र साथीसँग मेरो राम्रो सम्बन्ध थियो । धेरैले म इंग्ल्याण्ड जान्छ भन्ने आशा गरेको थिए । मेरा एजेन्टले मलाई मोनाकोले चासो देखाएको सुनाए । मैले पुनः लिग वान नै खेल्ने निर्णय लिएँ । जब लिग वान को उपाधि जित्छु अनि मात्रै गर्वका साथ फ्रान्स भन्दा बाहिर खेल्न जान्छु भन्ने सोचेँ ।

हामीले २०१७ मा मोनाकोबाट लिग वान को उपाधि जित्यो, च्याम्पियन्स लिगको सेमिफाइनलसम्म पुग्यौं । यो उपलब्धीले सबैलाई आश्चर्यचिकत बनाएको थियो । त्यो सिजन हाम्रो युवा टोली एकै परिवार जस्तो थियो । हामीले जोर्डिमको नेतृत्वमा खेल्यौ । उनी मार्सेलो जस्ता थिएनन् । उनी एक सफलता चाहाने र हरेक खेलमा रणनीति परिवर्तन गर्ने प्रशिक्षक थिए । प्रत्येक खेलपछि उनी आफ्नो रणनीतिको पुर्नमूल्यांकन समेत गर्थे । त्यसैले हामीले उनको नाम ‘ट्याक्टिको’ राखिदिएका थियौं ।

हामी युवा थियौं, हामीले छोटो समयसँगै खेलेका थियौं, सिल्भा, डिरार, जर्मिन, लेमर सिडिबे, बाकायो, एमबाप्पे । हामीले छोटो समयसँगै खेलेपनि हामी निकै नजिक थियौं र च्याम्पियन्स लिग भन्दा पहिले नै हामीले ‘च्याम्पियन्स २०१७’ नामको ह्वाट्सएप ग्रुप बनाएका थियौं ।
जब सिजन समाप्त भयो, हामीलाई थाहा थिएन की फेरी हामी सँगै हुन्छौं या हुँदैनौ ।

हामीले आफ्नो सरुवाबारे मिडियामा आउनुभन्दा अघि नै एकअर्कालाई सुनाउने बाचा गर्यौ । एक दिन बनार्डो सिल्भाले मलाई मलाई एक तस्विर पठाए । उनले म्यानचेस्टर सिटीको जर्सी लगाएका थिए । उनलाई मैले भनेँ, ‘के तिमीले पसलमा किनेर लगयौ ?’ उनले पोर्चुगाली शैलीमा भने, ‘म म्यान सिटीमा अनुबन्धित हुँदैछु ।’

मैले टिमोलाई फोन गरेँ उनले भन्यो, ‘मेरो चेल्सीसँग कुरा हुँदैछ ।’ केलियनलाई फोन गरेँ, ‘मलाई केही थाहा छैन तर म पनि कतै जान्छु, यो बारे सोचिरहेको छ ।’ त्यो लगत्तै मैलेनि बनार्डोलाई म्यान सिटीको जर्सी लगाएको तस्विर पठाइदिएँ । हामी मोनाको छोड्दा दुखी थिएनौं । हामीले जे हासिल गर्यौ, त्यो माथि गर्व थियो । अहिले पनि म ती पल याद गर्छु र खसी हुन्छु ।

मरो जीवनलाई म्यानजरहरुले खास आकार दिए । यो अधिकांश फुटबलरका लागि सत्य कुरा हो, तर कतिका लागि त्यो राम्रो भएको छ भने कतिका लागि नराम्रो पनि । तर म भाग्मानी हुँ, किनकी मैले राम्रा म्यानेजरको अन्डरमा खेल्न पाएँ । तर पेप भन्दा उत्कृष्ट अरु कोही छैन ।गत सिजन म म्यान सिटीमा जाने कुरा भइरहेको थियो ।

त्यो बेला पेप र म ह्वाट्सएपमा कुरा गथ्र्यौ । पेपको फ्रेन्च राम्रो थिएन, त्यसैले उनलाई पत्नीले सहयोग गर्थिन । पेपसँग कुरा गर्दा म्यानेजरसँग कुरा गरिरहेको अनुभव भएन, परिवारसँग कुरा गरिरहेको झैं भयो । जब म नोभम्वरमा घाइते भएँ, मलाई पेप सम्पर्कमा रहन्छन् जस्तो लागेको थिएन । तर उनले मलाई भुलेनन्, यसको मतलब उनी मलाई उत्कृष्ट फुटबलर बनाउन चाहान्थे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

75 ÷ 15 =