‘चौका दाउ’ मंसिर ७ गते रिलिज हुने, आयो नयाँ पोस्टर

  • 46
  •  
  •  
  •  
  •  
    46
    Shares

काठमाडौं, २८ असार । कमेडी जनरामा बनेको चलचित्र ‘चौका दाउ’ को रिलिज डेट फिक्स भएको छ । चलचित्रका प्रस्तुतकर्ता सौर्यजित बासकोटाका बाबु वरिष्ठ संगीतकार शम्भुजीत बासकोटाले सामाजिक सञ्जालमार्फत रिलिज डेट तय गरेका हुन् ।
सन्तोष पन्त, विल्सनविक्रम राई, रवीन्द्र झा, तैयव शाहलगायतका हास्यकलाकारको अभिनय रहेको ‘चौका दाउ’ मंसिर ७ गते रिलिज हुने भएको छ । चलचित्रको निर्देशन पूर्णेन्दु झाले गरेका हुन् । यसअघि उनले ‘संरक्षण’ चलचित्र निर्देशन गरेका थिए । ‘चौका दाउ’ मा वर्षा राउतले पनि खेलेकी छन् ।चलचित्रमा जुवा खेल्दा भोग्नुपरेको कथावस्तुलाई देखाउन खोजिएको बताइन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − = 11