ब्राजिलियन मिडफिल्डर आर्थर बार्सिलोनामा

  • 406
  •  
  •  
  •  
  •  
    406
    Shares

काठमाडौँ,२८ असार । ब्राजिलियन मिडफिल्डर आर्थर बुधबार बार्सिलोना आइपुगेका छन् ।

बार्सिलोनाको जर्सीमा देखिएका २१ बर्षिय आर्थर आफु निकै खुसी रहेको बताएका छन् ।‘म निकै खुसी छ । यो मेरो सानै देखिको सपना हो, आज पुरा भयो । म बार्सिलोनालाई धेरै भन्दा धेरै टाइटल जिताउन सहयोग गर्न चाहान्छु,’ उनले भने, ‘संसारका उत्कृष्ट खेलाडी र सबैभन्दा ठूलो टिममा खेल्न पाउनु गर्वको विषय हो ।’

उनलाई बार्सिलोनाले ब्राजिलको ग्रिमियो क्लवबाट २७.५ मिलियिन डलरमा भित्र्याएको हो । उनलाई बार्सिलोनाले औपचारिकरुपमा बुधबार सार्वजनिक गरको हो ।

बार्सिलोनाले यही हप्ता आफ्नो आधिकारिक वेवसाइट मार्फत आर्थर अनुबन्धित भएको पुष्टि गरेको छ । ६ बर्षका लागि अनुबन्धित भएका उनको रिलिज क्लज भने ३५० मिलियन पाउण्ड राखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 3 =