अभिनेता रितेश देशमुख राजनीतिमा प्रवेश गर्ने

  • 306
  •  
  •  
  •  
  •  
    306
    Shares

एजेन्सी,२८ असार । बलिउड अभिनेता रितेश देशमुख राजनितिमा प्रवेश गर्ने भएका छन् । पूर्व मुख्यमन्त्रीका छोरा समेत रहेका रितेश बुबालाई पछ्याउँदै राजनितिमा प्रवेश गर्न लागेका हुन् ।

यद्यपि, राजनीति प्रवेश बारे उनको औपचारिक प्रतिक्रिया भने आएको छैन । रितेश अहिले फिल्म ‘टोटल धमाल’ मा व्यस्त छन् । यो फिल्ममा उनी अनिल कपु, माधुरी दिक्षित र अजय देवगणसँग स्क्रिन सेयर गर्ने छन् । यसका अलावा उनी अक्षय कुमार र बबी देवलसँग ‘हाउसफुल ४’ मा पनि काम गर्दैर्छन् ।

मराठी फिल्ममा लोकप्रिय रहेका उनको राजनीतिमा प्रवेशलाई धेरैले चासोका साथ हेरिरहेका छन् । मराठी समुदायमा उनको निकै ठूलो फ्यान फलोइङ छ । राजनीतिमा लागेर बाबुको उचाईलाई छुन सक्छन् वा सक्दैनन् चाहिँ भविष्यले नै बताउनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

74 + = 75