प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालका कारण प्रधानमन्त्री ओली एक्लिँदै, नेकपाभित्र बढ्यो आक्रोश

  • 956
  •  
  •  
  •  
  •  
    956
    Shares

काठमाडौं, २८ असार । कुनै पनि देशको प्रधानमन्त्री वा राष्ट्रपति उसको सल्लाहकार टिमका कारण सफल वा असफल हुन्छ । चीनका राष्ट्रपति वा भारतका प्रधानमन्त्रीको सल्लाहकार टिम नै उदाहरणका लागि काफी छ । चिनियाँ राष्ट्रपति सि जिन पिङ तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सल्लाहकार टिमकै कारण सफल भएका हुन् ।

यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कमजोर र स्वार्थी सल्लाहकार टिमका कारण प्रधानमन्त्रीका रूपमा आलोचित बनेका थिए । आफ्ना आसेपासेको मात्र कुरा सुन्ने गर्दा पार्टी र शुभेच्छुकहरूले देउवासँग असन्तुष्ट बनेका थिए ।

अहिलेका प्रधानमन्त्री केपी ओली पनि त्यही दिशामा अघि बढेका छन् । पछिल्लो समय पार्टीकै नाम चलेका नेताले समेत ओलीसँग सिधै पहुँच राख्न सकेका छैनन् । प्रधानमन्त्री ओलीलाई पार्टी नेता, आफन्त र शुभेच्छुकबाट टाढा राख्नेमा उनका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल रहेको बताइन्छ । स्रोतका अनुसार रिमालले प्रधानमनत्री निवास बालुवाटारमा भोटे ताल्चा लगाएका छन् । रिमालले आफू निकटका नेता कार्यकर्तालाई मात्रै ओलीसँग भेट गर्न दिन्छन् । आफू अनुकूलको सूचनामात्रै ओली समक्ष पु¥याउँछन् ।

बिहानदेखि अबेर रातिसम्म बालुवाटारमै बस्ने गरेका रिमालले राजनीतिक व्यक्तिहरूलाई भन्दा पनि व्यापारीहरूलाई ओलीसँग भेटाउने गरेको आरोप उनीमाथि लागेको छ । ओलीको सचिवालयले तालिका बनाएर सांसद र कार्यकर्तालाई भेट्ने समाचार प्रकाशित गरेको थियो । तर, कसैलाई पनि ओलीसँग भेट्न दिइएको छैन । ओलीसँग भन्दा पनि ओलीको सचिवालयमा रहेका रिमाल, निजी सहयोगी राजेश बज्राचार्य, राजन भट्टराईलगायतसँग नेता कार्यकर्ता आक्रोशित भएका छन् ।

नेकपाका एक नेताका अनुसार ओलीलाई भेट्न आउने मन्त्रीहरूलाई समेत रिमालले सहज पहुँच दिने गरेका छैनन् । ओलीको जनसम्पर्क पहिलाको जस्तो छैन । ओली यसबारेमा अनभिज्ञ रहेको स्रोतको भनाई छ । रिमालकै डिजाइनमा ओलीका निजी सहयोगी राजेश बज्राचार्यले पनि नेता कार्यकर्तामाथि भेदभाव गर्ने गरेको आरोप छ ।

केही समयअघि दोलखाका पूर्वएमाले नेता एवं पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले ओलीलाई उनका सल्लाहकार टिमले माओत्से तुङ बनाउन खोजेको भन्दै एक लेख नै लेखेका थिए । उनले सल्लाहकार टिमकै कारण ओलीको हालत नाजुक हुने भन्दै त्यसको परिणाम राम्रो नहुने चेतावनी दिएका थिए । प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार रिमालले पार्टीका नेताभन्दा पनि व्यापारी व्यवसायीलाई ओलीसँग सिधै भेट्न दिने गरेको बताइएको छ ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणका बेला रिमालकै दवावमा यति एयरलाइन्सका मालिक आङ्छिरिङ शेर्पा र एनसेलका मालिक सतिशलाल आचार्यलाई भ्रमण टोलीमा राखिएको थियो । उनले आङछिरङ शेर्पाको हिमालय एयरलाइन्सको विमानलाई चीन जान प्रयोग गराएका थिए । नेपाल वायु सेवा निगमको सरकारी विमान हुँदाहुँदै शेर्पाको दवाव र प्रलोभनमा परेर रिमालले हिमालय एयरलाइन्स प्रयोग गराएको आरोप छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

86 − = 85