यी तीन मध्ये कसलाई मान्ने ‘राष्ट्रिय दाजु भाउजु’?

  • 2.8K
  •  
  •  
  •  
  •  
    2.8K
    Shares

काठमाडौँ,२८ असार । नेपाली कला क्षेत्रमा चर्चित यी तीन जोडी जति चर्चामा रहेका छन्, त्यति नै आ आफ्नो क्षेत्रबाट नेपाली समुदायको लागि उतिकै योग्दान रहेको छ । प्रेम बिवाह गरेका ती तीनै जना जोडी भनेपछि धेरैले अनुमान लगाउँनु भयो होला । हो हामी कुरा गर्देछौँ महा नायक राजेश हमाल मधु भट्टराई , सिताराम कट्टेल कुञ्जना घिमिरे र निश्चल बस्नेत र स्वस्तिमा खड्काको बारेमा । यी जोडीको कलाकारीता क्षेत्रमा नै सक्रिय रहेको जोडी हमालकी पत्नी मधु बाहेक ।

एउटै क्षेत्र भएपनि आ–आफनै तरिकाले योगदान दिईरहेका छन् यी जोडीहरु । यद्धपी महानायक राजेश हमाल भने हाललाई चलचित्र क्षेत्रमा सक्रिय छैनन् । यो दर्शकको माया नै होल की यी तीन जोडीलाई नेपालीहरुले राष्ट्रीय दाईभाउजुको उपनाम दिएका छन् । तर कतिपयले राष्ट्रीय दाईभाउजुको नाम राजेशदम्पती र निश्चल दम्पतीलाई नभई धुर्मुस सुन्तलीलाई दिनु पर्ने धारणा राख्ने गरेका छन् हुनत यी सबैले आ आफनो तरिकाले योगदान दिएका छन् ।

तर जनमानसमा धुर्मुस सुन्तलीप्रतिको सम्मान बढि भएको कारणले नै होला उनीहरुलाई मात्र यो सम्मान जानु पर्ने तर्क राख्छन् । राजेश हमालले नेपाली चलचित्र क्षेत्रमा ठुलो योगदान दिएका छन् तर उनी हाल निष्क्रिय नै छन् । उनले चलचित्र क्षेत्रलाई निरन्तरता दिँदै निर्देशन गर्ने कुरा पनि छ भने हालै उनी एक चलचित्रमा अनुबन्धित पनि भएका छन् ।

आफनो ज्यानसमेत जोखिम मोलेर उद्धारका लागि खटिएका धुर्मुुस सुन्तलीको हरेक पाईलमा नेपालीहरुले आशिर्वाद दिए भने हालै विर अस्पतालको मुहार पेर्ने अभियान्ता बनेका उनीहरुको चौतर्फी वाहवाही नै भयो ।

उनीहरुले गरेका कामहरुबाट पुन निर्माण प्राधिकरण र सरकारले समेत सिक्नु पर्ने आवाजहरु उठे । यसरी हेर्दा यी तीनै जोडी नेपालीहरुको मन मुटसुंग नजिक छन् । धुर्मस सुन्तलीको काम त उच्च सगरमाथा जस्तै छ तर बाँकीको योगदानलाई पनि नर्कान सायदै मिल्ला । तर पनि राष्ट्रीय दाईभाउजुको उपाधी भने कसलाई उपयुक्त होला छुट्टाउँने जिम्मा भने तपाई कै ।

उता डुबिसकेको नेपाली चलचित्र क्षेत्रलाई फेरी सास हाल्ने काम गरेका हुन् निर्माता, निर्देशक , कलाकार, गायक एवं स्क्रिप्ट राईटर निश्चल बस्नेतले । नेपाली रजतपटमा फरक धारका चलचित्रहरु निर्माण गर्ने परिपाटी बसालेका निश्चल र नायिका स्वस्तिमा ख्डका आफना दर्शकहरुलाई पर्दामार्फत साथ दिईरहेका छन् ।

यसैगरी आफनो कलाकारीतासंगै सामाजिक सेवामा समर्पित भएका जोडी धुर्मुस सुन्तली विनासकारी भुकम्पपछि नमुना बस्ती निर्माणका लागि अहोरात्र खटिए । धेरै घरबार बिहीनहरुका लागि भगवान बनेका यो जोडी बाढी पिडीत होस या मुसहर बस्ती सबैको दुखमा दिनरात खटिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 79 = 88