कति लिन्छन् पारिश्रमिक चर्चित रेसलरले ?

  • 330
  •  
  •  
  •  
  •  
    330
    Shares

एजेन्सी । प्राय: युवाहरुले रेसलिङ्ग निकै मन पराउँछन् । निकै चासोका साथ हेरिने रेसलिङ्गको नाम डब्लूडब्लूई रहेको छ । तपाईलाई थाहा छ रिंगमा आफ्नो प्रतिद्वन्द्वीसँग झगडा गर्नका लागि अथवा तपाईंलाई मनोरञ्जन प्रदान गर्नका लागि कति पैसा लिन्छन् ? थाहा छैन भने आज हामी चर्चित रेस्लरले लिने पैसाको बारेमा जानकारी दिँदै छौं ।


१. ब्रोक लेसनर

फुटबल खेल्दा खेल्दै रेस्लिङ्गमा छिरेका ब्रोक लेसनर ३९ वर्षका छन् । ब्रोकको उमेर ढल्कँदै गएपनि थुप्रै युवा खेलाडीलाई रिंगमा हराउने गर्दछन् । उनी रिंगमा आफ्नो शक्ति प्रदर्शन गर्नका लागि वार्षिक १२ मिलियन डलर लिन्छन् ।
२. जोन सिना

जोन सेनाको नाम रेसलिङ जगतमा निकै चर्चित छ । अमेरिकाका यी रेसलर रेसलरका साथै नायक, र्यापर र कार्यक्रम प्रस्तोता पनि हुन् । रेसलिङ खेलेबापत् उनी एक वर्षका लागि ८ मिलियन डलर लिन्छन् ।
३. ट्रिपल एच

ट्रिपल एच ४७ वर्षका छन् । तर यी रेसलर पछिल्लो थुप्रै वर्षदेखि रिंगमा आफ्नो जादु छर्ने गर्दछन् । उनले थुप्रैपटक भयंकर चोटको समेत सामना गर्नुपरेको थियो । उनी रिङ्गमा उत्रेबापत वर्षको ३.८ मिलियन डलर लिने गर्दछन् ।
४. रोमन रेन्स

३१ वर्षका रोमन रेन्सको जन्मै रेसलिङ परिवारमा भएको हो । उनी वर्षमा ३.५ मिलियन डलर कमाउने गर्दछन् ।
५. डीन एम्ब्रोस

डिनो एम्ब्रोसलाई एक उत्कृष्ट रेसलर मानिन्छ । उनलाई बाल्यकालदेखि नै रेसलिङमा रुची थियो । उनलाई रिङ्गमा उत्रेबापत २.७ मिलियन डलर लिन्छन् । उनी रेसलिङ्गको अलावा फिल्ममा पनि काम गर्छन् ।
६. अण्डरटेकर

५२ वर्षका यी रेसलरले आफ्नो करियरको सुरुवात सन् १९८४ मा गरेका थिए । उनले रिंगमा उत्रनको लागि वर्षको २ मिलियन डलर दिने गरिन्थ्यो । अण्डरटेकरले डब्लूडब्लूईबाट केहि समय पहिले सन्यास लिएका छन् ।
७. रेन्डी ओर्टन

रेन्डी ओर्टनलाई अमेरिकाका खानदानी रेसलर भनिन्छ । उनको पनि जन्म रेसलिङ्ग परिवारमै भएको हो । उनका हजुरबुवा, बुवा र काका तीनैजना रेसलर थिए । रेसलिङ खेल्नुका साथै रेन्डी ओर्टनले फिल्ममा पनि काम गर्छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 22 = 30