‘यो पागल मन’ भोली देखी नेपाल भर प्रर्दशन हुदै

  • 28
  •  
  •  
  •  
  •  
    28
    Shares

काठमाडौँ  । भोली देखी प्रर्दशनको तैयारी मा रहेको चलचित्र ‘यो पागल मन’ लभस्टोरी जनरामा निर्माण गरीएको चलचित्र हो।गौरी मल्ल, बिनोद न्यौपाने, रिचा सिहं ठकुरी ,राजेश ढुंगाना, एनि कँवर यस चलचित्रमा मुख्य अभिनय रहेको छ।

त्रिकोणात्मक प्रेम कथामा आधारित यस चलचित्रमा बिनोद न्यौपाने लाई लभर ब्वाईको रुपमा देखाईएको छ भने नाई नभन्नु ल मार्फत चलचित्रमा डेब्यु गरेकी नायिका रिचा सिंह ठकुरी ५ बर्ष पश्चात यसै चलचित्र मार्फत पुर्नआगमन गर्दै छिन्।सदाबहार नायिका का रुपमा परिचित गौरी मल्ल र कुनै समय चर्चित नायकका रुपमा परिचित रहेका राजेश ढुंगाना को उत्कृष्ट अभिनय रहेको निर्देशक कल्याण अधिकारी बताउछन्।

यस चलचित्र मा अर्जुन पोखरेल को संगीत रहेको छ भने दन्द राजु किरात राईको रहेको छ र शब्द दया राम पाण्डे को रहेको छ।आफुले कार्यक्रम गरेर पहिला फिल्म घोषणा गरे पनि बाकी ३ नेपाली फिल्महरु पछि मात्र जुध्न आएको र यसरी नेपाली फिल्महरु एक आपसमा जुध्दा कुनै पनि फिल्मलाई फाईदा नहुने निर्देशक निर्माता कल्याण अधिकारी बताउछन्।

धेरै दु:ख गरी आफुले ३ बर्षको समय पश्चात रिलिज गर्न खोजे पनि काठमान्डौ उपत्यकामा र उपत्यका बाहिर धेरै हल पाउन नसकेको उनको गुनासो रहेको छ।नव निर्माता वा नव निर्देशक लाई चलचित्र निर्माण गर्न र हल सम्म पर्याउनका लागी धरै गार्हो हुने र पुराना निर्माता र निर्देशकहरु र चलचित्र निर्माण कम्पनीहरुले नया निर्देशक तथा निर्माता लाई पेल्न नहुने उनि बताउछन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 1 =