महंगा खेलाडी बने नेइमार चौँथो नम्बरमा रोनाल्डो

  • 3.7K
  •  
  •  
  •  
  •  
    3.7K
    Shares

काठमाडौँ,२८ असार । फुटबल क्लबमा महंगो रकममा अनुबन्धित हुने सिलसिलाले निरन्तरता पाईरहेको छ । यसबीचमा चर्चित खेलाडी रोनाल्डोले रियाल मड्रिडसँग ९ वर्षको सम्बन्ध टुंग्याउँदै ईटालियन क्लब युभेन्टसमा अनुबन्ध भएका छन् त्यो पनि करिब ९ सय करोड बराबरको रकम लिएर ।

३३ वर्षे रोनाल्डोले लिएको यो रकमले उनी सर्वाधिक महंगो खेलाडीको चौथो नम्बरमा परेका छन् । उनले रियाल म्याड्रिडबाट २ सय ९२ खेल खेल्दै ३ सय ११ गोल गरेका छन् । उनी रियालका सर्वाधिक गोलकर्ता हुन् । रोनाल्डोले रियाल मड्रिडबाट २ पटक स्पेनिस लिग र ४ पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन् ।

नयाँ क्लबमा अनुबन्धित हुने क्रममा ब्राजिलका चर्चित खेलाडी नेइमार बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेनमा आवद्ध भएका छन् । उनले उक्त क्लबसंग करिब १८२२ करोड रकममा सम्झौता गरेका छन् । यसैगरी विश्वकपमा यतिबेला चम्किरहेका फ्रान्सका केलियन एमबाप्पे मोनाकोबाट पेरिस सेन्ट जर्मेनमा अनुबन्धित भएका छन् जहाँले उनले करिब १५१२ करोड लिएर दोस्रो सर्वाधिक महंगो खेलाडीको लिस्टमा परेका छन् ।

रोनाल्डोहोस एमबाप्पेले विश्वकप खेलेबापत आएको रकम अनाथ र अपांग बालबालिकाहरुका लागि दान दिने गरेका छन् । यसैगरी ब्राजिलका अर्का खेलाडी युवा स्टार फिलिप कुटिन्हो लिवरपुलबाट बार्सिलोना फुटबल क्लबमा आवद्ध भएका छन् । उनलाई बार्सिलोनाले करिब १२९३ करोड दिएर सम्झौता गरेको छ । उनी महंगा खेलाडीमा तेस्रो नम्बरमा रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 4 = 24