प्रिमियरमा ‘बबी’ले पायो प्रसंशा, फिल्म हेर्न सकिनन् नायिका कबिताले

  • 847
  •  
  •  
  •  
  •  
    847
    Shares

 काठमाडौँ , रियल जोडीको अभिनय रहेको चलचित्र बबी/ बोबी ले प्रिमियरमा सबैको मन जितेको छ । हिजो राजधानीमा आयोजित प्रिमियरमा उपस्थित सबैले फिल्मलाइ राम्रो प्रतिक्रिया दिएका छन्।

यता फिल्मकि नायिका कबिता गुरुङ भने प्रिमियर समेत सुरु नहुदै हलबाट बाहिरीइन । फिल्ममा देखिएका उनका रियल लाइफका संघर्ष हेर्न नसकेपछि उनि प्रिमियर नहेरी फर्किएकी हुन् । नायक उमेश थापा पनि आफ्नो रियल कथा पर्दामा हेरेपछि आँशु थाम्न सकेनन् । फिल्मका प्रमुख कलाकार नायक उमेश थापा र नायिका कविता गुरुङको जीवनमा घटेको सत्य घटनामा फिल्म बनेको हो।

यसलाई ‘लिलिबिली’ निर्देशक मिलन चाम्सले निर्देशन गरेका छन् । बसन्त सापकोटा र तारा प्रकाश लिम्बुको संगीतमा तयार भएको फिल्मका निर्माता पनि मिलन चाम्स नै रहेका छन् । फिल्म असार २९ (भोलि) देखि अल नेपाल रिलिज हुँदै छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 39 = 41