मनिषा र परवेशको भूमिकामा सञ्जयको बहिनी नम्रताको असन्तुष्टि

  • 417
  •  
  •  
  •  
  •  
    417
    Shares

एजेन्सी,२८ असार । चौतर्फी चर्चा बटुलिरहेको फिल्म ‘सञ्जु’ को अभिनेता सञ्जय दत्तको बहिनी नम्रता दत्तले मनिष कोइराला र परवेश रावलको भूमिकामा असन्तुष्टि व्यक्त गरेकी छन् ।

सञ्जय दक्तको जीवनीमाथि बनेको ‘सञ्जु’ को बारेमा हालै उनको बहिनी नम्रता दत्तले फिल्मको बारेमा बोलेकीछिन् । उनले फिल्ममा रणबीर कपुरको अभिनयको निकै खुलेर प्रशंसा गरेकीछिन् । फिल्मपछि कमलेश पात्रको पनि निकै चर्चा भएको सन्दर्भमा उनले भनिन् ‘सञ्जुका निकै कम साथी छन् ।”

“यस्तोमा फिल्ममा विक्की कौशलको भूमिका एक साथीको होइन विभिन्न साथीहरुको भूमिका मिलाएर बनाइएको हो ।” बिगतलाई सम्झिदै नम्रताले सञ्जु जेल जानु आफुहरुको लागि सबैभन्दा ठूलो इमोशनल ट्रमा भएको स्मरण गरिन् ।आफनो बुवा र सञ्जयलाई एउटा योद्धा नै मानेकी रियाले भने फिल्ममा आफनो बुवा र आमाको भुमिका भने मन नपराएको बताईन ।

उनले भनिन् “मेरो पापाको भूमिका कसैले पनि निभाउन सक्दैन । उनी मेरो र परिवारका लागि निकै विशेष छन् ।” आफनो आमाको भुमिकामा मनिसा कोइरालालाई देखेर केही भावुक बनेको बताएकी नम्रताले अगाडी भनिन् ‘निकै गाह्रो छ आमा–बुवाको भूमिका निभाउन ।

दुबै आइकोनिक रोल हो । तर दर्शकलाई फिल्ममा दुबैको भूमिका मन पर्यो, त्यो नै राम्रो कुरा हो ।’ । यसबाट पनि प्रस्ट छ की नम्रतालाई आफनो बाबु आमाको भुमिका देखिएका परेश र मनिसाको रोलमा भने त्यती चित्त बुझाई छैन । एजेन्सीको सहयोगमा

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

37 − = 33