संसारको सबैभन्दा ठूलो परिवार ३ सय ४६ सदस्य

  • 263
  •  
  •  
  •  
  •  
    263
    Shares

एजेन्सी,२८ युक्रेनको सेमेनयुक परिवारले संसारको सबभन्दा ठूलो परिवार भएको दाबी गर्दै गिनिज बुक  अफ वल्ड रेकर्डमा निवेदन दिएको छ । परिवारका सबभन्दा वृद्ध सदस्यको नाम पावेल सेमेनयुक हो भने उनी ७८ वर्षका छन् । सबभन्दा साना सदस्य चाहिँ दुई हप्ताका छन् ।

पावेललाई परिवारका सबै सदस्यको नाम याद राख्न समेत गाह्रो छ । उनी पहिलेदेखि ठूलो परिवारको इच्छा राखेको बताउँछन् । उनकी पत्नीले १३ बच्चा जन्माउँदा उनी एकदम खुशी भए । बच्चाहरूको परिवार बढ्यो र नाति पनाति हुँदै परिवार संख्या ३ सय ४६ पुग्यो ।

यो परिवार दक्षिण युक्रेनको ओडेसा ओब्लास्ट क्षेत्रको दोब्रोस्लाभ गाउँमा बस्छन् । पावेलका १३ सन्तान, १ सय २७ नातिनातिना, २ सय ३ पनाति पनातिनी र त्यसभन्दा पनि पछिल्लो पुस्ताका तीन सदस्य छन् ।

अहिलेको विश्व कीर्तिमान भारतको एक परिवारसँग छ । मिजोरमको उक्त परिवारमा १९२ सदस्य छन् । युक्रेनको परिवारले चाहिँ नेसनल रेकर्ड्स रजिस्टरमा दर्ता गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

57 − = 48