अक्षय कुमारको फिल्म ‘गोल्ड’ को पहिलो गीत ‘चढ गई है’ सार्वजनिक (भिडियो)

  • 196
  •  
  •  
  •  
  •  
    196
    Shares

एजेन्सी,२८ असार । बलिउड अभिनेता अक्षय कुमार र मौनी रायको मुख्य अभिनय रहेको फिल्म ‘गोल्ड’ को पहिलो गीत ‘चढ गई है’ सार्वजनिक भएको छ । गीतमा अभिनेता अक्षय कुमार एक पार्टीमा पिएर मस्त मुडमा देखिएका छन् ।

अभिनेता अक्षयले यो गीतको भिडियोलाई आफ्नो भेरिफाइड ट्वीटर आकाउन्टमा सेयर गरेका छन्, भने जी म्युजिकको आधिकारिक युट्युव च्यानलमा अपलोड गरिएको छ । यो गीतको भिडियोलाई केही घण्टामै एक लाख भन्दा बढीले हेरिसेकका छन् ।

यो गीतलाई वायुले लेखेका हुन्, भने विशाल ददलानी र सचिन जिगरेले स्वरबद्ध गरेका छन् । वास्तविक घटनामा आधारित अक्षय कुमारको यो ‘गोल्ड’ फिल्म १९४८ को कहानीमा बनाइएको हो । फिल्मलाई रीमा कागतीले गरेका हुन् । यो फिल्म जोन अब्राहमको फिल्म ‘सत्यमेव जयते’ सँग १५ अगष्टबाट दर्शकमाझ हलमा लाग्दैछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 51 = 54