छोरी सारासँग फिल्ममा एकसाथ काम गर्दै सैफ अली खान
407 - 407Shares
एजेन्सी,२८ असार । बलिउड अभिनेता सैफ अलि खान वेब सिरिज ‘सेक्रेड गेम्स’मा व्यस्त छन् । उक्त वेब सिरिजबाट चर्चा कमाइरहेका सैफ नयाँ फिल्ममा आफ्नी छोरी साला अलि खानसँग देखिने भएका छन् ।
‘केदारनाथ’ बाट बलिउडमा डेव्यु गर्ने तयारीमा रहेकी सारा उक्त फिल्ममा सुसान्त सिंह राजपुतसँग अपोजिट देखिने भएकी छन् । त्यस्तै उनी अभिनेता रणबीर सिंहसँग फिल्म ‘सिम्बा’मा देखिदै छन् । दुवै फिल्मको छायाङ्कन सकिसकेका छन् ।
यति बेला उनी आफ्नो बुवा सैफसँग ‘फिल्मीस्तान’मा देखिने भारतीय मिडियाले उल्लेख गरेको छ । उक्त फिल्म पारिवारिक कथामा आधारित रहेको बताइएको छ ।
जसमा सैफ र सारा बुवा–छोरीको भूमिकामा देखिने छन् । सोसल ड्रामामा आधारित फिल्मलाई नितिन ककडले निर्देशन गर्ने भएका छन् ।