रोनाल्डोको अन्तिम क्लब युभेन्टस, त्यसपछि सन्यास

  • 1.1K
  •  
  •  
  •  
  •  
    1.1K
    Shares

काठमाडौं, २८ असार । क्रास्टियानो रोनाल्डोले युभेन्सटसँगको सम्झौता सकिएपछि सन्यास लिने बताइएका छन् । रोनाल्डोका एजेन्ट जर्ज मन्डेसका अनुसार  युभेन्टस नै रोनाल्डोको अन्तिम क्लब हुने छ  ।

३३ बर्षिय पोर्चुगलका स्टार खेलाडी  रोनाल्डो यही साता रियल मड्रिडबाट युभेन्टसमा चार बर्षका लागि अनुबन्ध भएका हुन् । अक्सर चर्चित खेलाडीलाई करियरको अन्तिम-अन्तिम चरणमा अमेरिका तथा चीनबाट लोभलाग्दो अफर आउन सक्ने भएपनि रोनाल्डोले युभेन्टसबाटै खेलाडी जीवनको अन्त्य गर्ने मन्डेसको दावी रहेको छ ।

 

युभेन्सटसँग आवद्ध भएलगतै रोनाल्डोले पहिलो खेल  रियल मड्रिड बिरुद्धनै खेल्न सक्ने छन् । ४ अगस्टमा इन्टरनेशनल च्याम्पियसिपमा युभेन्टस र रियल भिड्नेछन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

21 − 19 =