नेयमारलाई भित्र्याउन रियल मड्रिडको यस्तो प्रयास

  • 1.9K
  •  
  •  
  •  
  •  
    1.9K
    Shares

काठमाडौँ,२८ असार । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई युभेन्टसमा बेचेपछि रियल मड्रिडले उनको विकल्प खोज्न थालिसकेको छ । रियलका अध्यक्ष फ्लेरिन्टोनो पेरेज नेयमारलाई जुनसुकै मूल्यमा भित्र्याउने पक्षमा छन् ।

रोनाल्डोलाई रिप्लेस गर्न सक्ने उपयुक्त एकमात्रै पात्र नेयमार भएको उनको बताइन्छ । नेयमारले पछिल्लो दशक रोनाल्डो, मेस्सीकै स्तरमा खेलिरहेका छन् । उनले क्लबमा मात्रै होइन अन्तराष्ट्रिय खेलमा समेत आफ्नो क्षमता देखाइसकेका छन् ।

सोही कारण पेरेज उनलाई जसरी पनि भित्र्याउने सोचमा रहेको स्पेनिस मिडियाले जनाएका छन् । हाजार्डलाई भित्र्याउनु नेयमारको तुलनामा सहज रहेको बताइन्छ । उनी आफैले रियलबाट खेल्ने इच्छा व्यक्त गरिरहेका छन् ।

चेल्सीमा उनको सम्झौता सन् २०२० सम्म रहेको छ । तर, रोनाल्डोको स्तरमा हार्जाडले प्रर्दशन गर्न नसक्ने र रियलमा नेयमार नै चाहिने निष्कर्षमा पेरेज आफै रहेको बताइन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 4 = 36