यिनै हुन् संजय दत्तको हतियार बारे समाचार लेख्ने पत्रकार ,भन्छन् : ‘संजु हेर्दिन म’

  • 527
  •  
  •  
  •  
  •  
    527
    Shares

एजेन्सी , १५ अप्रिल १९९३ मा संजय दत्तको साथमा हतियार भएको खबर प्रकासित गर्ने पत्रकार बलजीत परमार थिए । फिल्ममा उनले लेखेको खबरलाइ प्रार्थमिकताका साथ देखाइएको छ । सोहि समाचार पढेपछि नै संजय दत्तका मिल्ने साथि ‘कमली’ उनि बाट टाढा भएका थिए ।

सन् १९९३ मा भएको बम हमला बारे क्राइम रिपोर्टर परमारले यसको बारे समाचार लेख्दै संजय दत्त संग हतियार रहेको खुलाएका थिए । उनै पत्रकारले हालैमा सामाजिक संजालको मार्फत केहि कुरा शेयर गरेका छन्। उनि भन्छन् ‘ मैले संजय दत्तलाइ हतियार सरेंडर गर्न सल्लाह दिएको थिए तर उनले मेरो कुरा मानेनन् , मैले जे लेखें त्यो सत्य थियो तर मलाई झुट बोलेको आरोप लगाइयो ‘ ।

उनले यो पनि खुलासा गरेका छन् कि उनले ‘संजु’ हेरेका छैनन् र ‘संजु’ नहेरेर उनि आफुंलाई कुनै पछुतो नभएको बताउछन् । उनको यस्तो बयान पछि धेरैले उनको आलोचना गर्दै गालि समेत गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

50 − 43 =