यस्ता छन् टिमुर खानुका फाइदाहरु (भिडियो)

  • 311
  •  
  •  
  •  
  •  
    311
    Shares

काठमाडौँ । मीठो स्वाद र बासना हुने टिमुर लोकप्रिय नेपाली मसलाको रूपमा परिचित छ । अण्डवृत्त आकार भएका स–साना २ देखि ६ जोडीसम्म ( टुप्पोको पालबाहेक ) पातहरू एउटै डाँठमा दुवैतिर पल्हाएका हुन्छन् । पातहरूमा टुप्पा तिखा हुन्छन् । यसको बोटमा हरिया र केही पहेंला स–साना फूलहरू हुन्छन् । प्राय ःएक विरुवामा भाले तथा पोथी दुवै फुल पाईदैन । झुप्पाका फूलहरू फूलको मुख्य हाँगा छोडी अर्को हाँगामा निस्केका हुन्छन् ।

यसका फलहरू स–साना, राता, ४ देखि ५ मिलिमिटर व्यासका हुन्छन् । फलको स्वाद तीतो, पिरो र जिब्रो पर्पराउने हुन्छ । यी फलहरूबाट वासना पनि आउँदछ । बीउ गोलो र सानो हुन्छ । टिमुर बिशेष गरी घरेलु औषधीका रुपमा पनि प्रयोग गरेको पाइन्छ । बढि सेवन गरेमा यसले स्वास समेत रोक्ने गर्छ । यो औषधीय गुणले भरिपुर्ण जडिबुटी हो । आज हामी टिमुर खाँदाका फाइदाहरु जानकारी गराउँदै छौँ ।
१. दाँत दुखेमा
टिमुरको प्रयोगले दाँत दुखेमा राहत मिल्छ र शरीरमा शक्ति पैदा गर्न मद्दत गर्छ ।
२. ज्वरो आएमा
ज्वरो आउँदा, टाउको दुखेमा टिमुरको केही मात्रा सेवन गर्दा राहत मिल्छ ।
३. झाडा पखाला लागेमा
झाडाबान्ता र हैजा लागेका बेलामा टिमुर सेवन गर्दा फाइदाजनक हुन्छ ।
४. मसलाको रुपमा
टिमुरको धुलो अचार, चटनी, तरकारीमा मिसाएर खाँदा तथा मासुमा मसलाको रूपमा प्रयोग गर्दा स्वादिष्ट हुनुका साथै स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ ।
५. जाडो मौसममा लाभदायी
खानामा नियमित टिमुरको मात्रा मिलाउँदा शरीरमा ताप प्राप्त हुन्छ । जाडो मौसममा बढी लाभदायी हुन्छ ।
६. हाड जोर्नी दुखेमा
हाडजोर्नी दुख्दा, पेट दुख्दा र लेक लाग्दा औषधीका रूपमा समेत टिमुरको प्रयोग गर्न सकिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 3 = 1