देवदास रिलिज भएको आज १६ वर्ष पुरा ,माधुरी दिक्षितले शेयर गरिन् दुर्लभ तस्बिर

  • 225
  •  
  •  
  •  
  •  
    225
    Shares

एजेन्सी , चर्चित भारतीय चलचित्र देवदास रिलिज भएको आज १६ वर्ष पुरा भएको छ । यसै अवसरमा फिल्मकी सहायक अभिनेत्री रहेकी माधुरी दिक्षितले फिल्मको शुटिङ्ग्को बेला लीइएको एक तस्बिर इन्स्टग्रममा शेयर गरेकी छिन् । तस्बिरमा माधुरी संगै फिल्मका नायक शाहरुख खान र निर्देशक संजय लीला भन्सालीलाइ पनि देख्न सकिन्छ ।

फिल्ममा मधुरिले ‘चन्द्रमुखी’को भूमिका निभाएकी थिइन् । फिल्ममा उनको कामको पनि निकै तारिफ गरिएको थियो । साथै उक्त तस्बिर पोष्ट गर्दै उनले देवदास आफ्नो मुटुको नजिक रहेको चलचित्र भएको उल्लेख गरेकी छिन् । उनको इस्टा पोष्टमा रिप्लाई दिंदै शाहरुख खानले लेखेका छन् ‘ तिमि (माधुरी) पनि हाम्रो मुटुको नजिक रहेकी छौ ‘। नोवल ‘देवदास’मा आधारित चलचित्र ‘देवदास’मा ऐश्वर्या रायको पनि प्रमुख अभिनय रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 8 = 1