क्रोएसियाली खेलाडीले खुसी मनाउँदा फोटोग्राफर मारमा !

  • 747
  •  
  •  
  •  
  •  
    747
    Shares

काठमाडौं, २९  असार । यो कथा विश्वकप सेमिफाइनलमा क्रोएसियाले इंग्ल्याण्ड विरुद्ध गरेको दोस्रो गोलबाट सुरु हुन्छ । ९० मिनेटको खेल पुरा हुँदासम्म दुवै टोली १–१ को बराबरीमा थिए ।

भिडन्त अतिरिक्तसमय तर्फ मोडियो । १०८ औं मिनेटमा प्राप्त बललाई क्रोएसियाका मारियो मान्दजुकिचले जाली चुमाए । इंग्ल्याण्डका कोलकिपर जोर्डन पिकफोर्डले उनको प्रहारलाई रोक्न सकेनन् र क्रोएसिया विजयी उन्मुख भयो ।

दोस्रो गोल गरेपछि क्रोएशियाले इंग्ल्याण्डलाई २–१ ले हराएर फाइनल प्रवेश गर्यो । मास्कोको लुजनिकी स्टेडियममा क्रोएसियाका सबै खेलाडी दोस्रो गोलमा अंगालो मोरेर खुसी मनाइरहेका थिए । धेरै उत्साही रहेका खेलाडी मैदानको कुनामा पुगे, जहाँ अक्सर फोटोग्राफर बस्छन् । फोटोग्राफर बस्ने एक ठाउँ कर्नरको छेउमा हुने गर्छ, जहाँ राम्रो एंगलबाट तस्विर खिच्न सकिन्छ । त्यहीँ बसेका थिए, फोटोग्राफर यूरी कार्टेज । उनलाई समचार एजेन्सी एएफपीलेले विश्वकपमा तस्विर खिच्न रसिया पठाएको थियो ।

एक पत्रिकामा कार्टेजले क्रोएसियाका खेलाडी आफुतिर आइरहेको देखेको बताए । ‘जब मैले खेलाडीलाई आफु तिर आइरहेको देखेँ । तब मैले वाइड एंगल लेन्स भएको क्यामेरा निकाले । मलाई लाग्यो यो भन्दा क्लोजअप तस्विर अर्को हुन सक्दैन । खेलाडीको अनुहारमा देखिएको जोश म कैद गर्छ सक्छु,’ उनले भनेका छन्, ‘मेरो कुर्सी निकालिएको थाहा पाए । म तस्विर खिचिरहेको थिए । त्यो बेलासम्म सबै खेलाडी म माथि लडे । सबै एकअर्कालाई किस गरिरहेका थिए ।’

उनले एकपटक त गोलको खुसी मनाउने आफु क्रोएसियाको १२ औं खेलाडी भएको जस्तो लागेको बताएका छन् । खुसी मनाएपछि कार्जेजसँग क्रोएसियाली खेलाडीले माफी मागेका छन् । उनलाई खेलाडीले चोट लागे नलागेको बारेमा समेत सोधेका थिए । कार्टेज नचाहँदा नचाहँदै पनि क्रोएसियाली टिमको खुसीमा मिसिन पुगेका थिए । क्रोएसियाले आइतबार फ्रान्ससँग उपाधिका लागि खेल्नेछ । बीबीसी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 1 =