यस्तो आयो चलचित्र ‘झमकबहादुर’ को पोस्टर
81 - 81Shares
काठमाडौँ । चलचित्र ‘झमकबहादुर’ को पोस्टर सार्वजनिक केही समय अघि ट्रेलर सार्वजनिक भए सगै मुम्बई एक्सप्रेसको कपी भनेर निकै आलोचना खेपेको चलचित्र झमकबहादुरको पोस्टर सार्वजनिक गरीएको छ।
पोस्टरबाटै थाह हुन्छकी चलचित्र कमेडी जनरामा निर्माण गरीएको छ भनेर चलचित्र नितान्त नेपाली परिवेश सुहाउदो आफ्नै मौलिकतामा शुद्ध कमेडी बेस चलचित्र रहेको यस चलचित्र निर्देशक भोमन कटुवाल बताउछन। चलचित्र कही कतईबाट पनि मुम्बई एक्सप्रेस कपि नरहेको उनको दाबी रहेको छ भने शुन तस्करी , लुट पाट र अपहरण लाई मुख्य बिषय बनाई कमेडी बेशमा हामीले प्रस्तुत गरेका छौ उनी भन्छन ।
यस चलचित्रमा अनुप बिक्रम शाही, यादब देपकोटा (सरापे),राजु कमेडी,मिन कुमार तामाङ, कल्याण अधिकारी,राजन मर्हजनको र सुजाता थापा मुख्य भूमिका रहेको छ । संगीत ओम सुनारको रहेको छ भने दन्द राजु किरात राईको रहेको यस चलचित्र लाई मिन कुमार तामाङ ले निर्माण गरेका छन र सह निर्माता कोपिला कुमारी डल्लाकोटी रहेकी छन। पवन गौतमको छायाङकन रहेको यस चलचित्र लाई भोमन कटुवालले निर्देशन गरेका छन। यस चलचित्र श्रावण १८ गते नेपाल भर प्रर्दशन हुदै छ।