क्रोएसियालाई हराएर जर्सीमा अर्को तारा थप्छौंः पोग्वा

  • 1.5K
  •  
  •  
  •  
  •  
    1.5K
    Shares

काठमाडौं, २९  असार । फ्रान्सका मिडफिल्डर पल पोग्वाले रसियामा जारी विश्वकपमा क्रोएसियालाई हराएर इतिहास रच्ने बताएका छन् । उनले उपाधि उचाल्दै जर्सीमा अर्को तारा थप्ने आफ्नो सपना रहेको बताएका हुन् ।

फ्रान्सले १९९८ मा उपाधि जितेको थियो । तर, त्यो उपाधि आफ्नो पुस्ताले नजितेकाले रसियामा उपाधि जित्दै जर्सीमा अर्को तारा थप्ने योजना रहेको उनको भनाई थियो ।

२० बर्ष अघि फ्रान्सले सेमिफाइनलमा क्रोएसियलाई हराएको थियो । ‘क्रोएसियाले उपाधि जितेको छैन । उनीहरु पनि जर्सीमा एउटा तारा जोड्न चाहान्छन् । उनीहरुले निकै राम्रो खेलिरहेका छन् र हामी जस्तै जित्न चाहान्छन्,’ पत्रकार सम्मेलनमा पोग्वाले यो विषयमा भने, ‘तर मसँग पनि तारा छैन, जर्सीमा मात्र छ । यो मैले जितेको होइन । त्यसैले हामी तारा जोड्ने प्रयासमा छौं । यो फाइनल निकै उत्कृष्ट हुनेछ र मुश्किल पनि ।’

उनले क्रोएसियाले इंग्ल्याण्डसँग निकै कठिन खेल खेलेको बताए । १–० ले पछि परेको अवस्थामा कमब्याक गर्नु आफैंमा कठिन रहेको उनको भनाई थियो । उनले क्रोएसियासँग लुका मड्रिक मात्रै नभएर इभान राकिटिक पेरिसिकसँगै बलिया डिफेन्डर समेत रहेकाले छुट्टै रणनीति बनाएर आफुहरु मैदानमा उत्रनुपर्ने बताए ।

फ्रान्सले सेमिफाइनलमा बेल्जियमलाई १–० ले हराउँदै फाइनलमा पुग्दा क्रोएसियाले इंग्ल्याण्डलाई २–१ ले हराउँदै फाइनल प्रवेश गरेको थियो । फाइनल आइतबार राति ८ः४५ मा हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 1 = 4