लन्डनबाट स्वदेश फर्केलगत्तै पूर्वप्रधानमन्त्री नवाज सरिफलाई पक्राउ गर्ने पाकिस्तान सरकारको तयारी

  • 174
  •  
  •  
  •  
  •  
    174
    Shares

एजेन्सी, २९ असार । भ्रष्टाचार मुद्दामा सजाय सुनाइएका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ पक्राउ पर्ने भएका छन् । उनी हाल बेलायतको लन्डनमा छन् । उनी आज छोरी मरियमका साथ पाकिस्तान फर्कंदैछन् ।

पाकिस्तानी जाँच नेसनल अकाउन्टेबिलिटी ब्यूरोका अनुसार एयरपोर्टमा उत्रनेवित्तिकै सरिफ र उनकी छोरीलाई पक्राउ गरिनेछ । सरिफ स्वदेश फर्कने खबर पाएपछि पाकिस्तान सरकारले एयरपोर्टमा सुरक्षा व्यवस्था कडा पारेको छ । नवाज शुक्रबार दिउँसो १२ बजे पाकिस्तान फर्कंदैछन् ।

सरिफ विमानबाट झर्नेवित्तिकै एयरपोर्ट सिल गरिने भएको छ । बाबुछोरी दुवैलाई पक्राउ गरी हवाई मार्गबाट रावलपिन्डीको आदियाला जेल लगिनेछ । नवाज सरिफलाई पक्राउ गर्नुअघि बुधबार राति पाकिस्तान लिग नवाज पार्टीका करिब एक सय नेता कार्यकर्तालाई सरकारले हिरासतमा लिएको छ । सबैभन्दा बढी लाहोरबाट पक्राउ परेका छन् । सरिफले बुधबार लन्डनमा पत्रकार सम्मेलन गर्दै पाकिस्तानी सेनाको कडा आलोचना गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + = 20